२० माघ २०८२, सोमबार

कबिता :   मौलिकताको खरानी

संबाददाता: यमन राईडोने

इतिहासकै कालो  दिन
उत्पिडनमा परेको बर्ग
र ,समुदायको चेतनामाथि
परसस्कृतिको बज्रपातले
कम्मर मर्काए पनि
आखिरीमा एक दिन “दूध र पानी ”
“पानी र दूध “फरक पर्नेछ ।

त्यो दिन निकै मूल्य चुकाउनु पर्नेछ,
बिषलाई अमृत भनी पिलाउने
यहाँ धेरै  लासहरु आज छन्  ।
दलदले राजनीतिका लागि
आदिम पुर्खाजन्य चिनारी नै बन्धकीमा परेको छ ।

ख्याली, बिर्जे, राम्दल, फर्सिन र सिसार यहाँ रोएका छन् ।

त्यही दिनको पर्खाईमा
सत्तिससाल झै ठिङ्ग उभिएको ।
श्रीखण्ड झै बनमा
अल्प बोट भएर उभिरहेको छ ।
सतिससाल र शृखण्डको आयु नाप्ने यन्त्रहरु
उतिबेला खिया लाग्नेछन्  ।
आँखामा रतन्धोका चेप्रा
त्यतिबेला लागिसकेको हुनेछ  ।
गल्ती र गल्लिमा कराउनु बाहेक
उहिताका  सबै
यहाँ गुमिसक्ने निश्चयभाबी  छन्  ।

बर्तमानको जोशको झोक्का
इतिहासले मुल्यांकन गर्दा,
निकैपछि पर्नेछ ।
आज ब्रह्माण्ड जित्ने फुईहरु !

भोलि तालुमा हात राखेर
शोकमा  डुबुल्की मार्नेछन्  ।
बर्तमानको सोख  उतिबेला
इतिहासमा  गलपासो हुनेछन्  ।
समय कुर्नु  छ ।
कुर्नु बाहेक अरु
बर्तमानमा केही छैन ।

हास र बकुल्लोको दुईबथानभित्र
कागको प्रबेशले पनि
निकै चर्चा कमाएका छन् ।
हास , बकुल्लो र काग
आफैमा बिमेलको पन्छी हुन्   ।
जुनबेला पनि हुल
उछुट्टिएर उड्न सक्छ्न ।

इतिहासको कठघराको साबिती बयानले,
फरक  कित्ता बनाएको पक्का हुनेछन ।
पहिचान  र अस्तित्वको खोजी  आफैबाट गर्न  सक्दछ ।

पेवा र मौलिक
सस्कृतिभित्र  आज कोकतेल बनाएका छन्  ।
सप्तरङी फूल देखाएर
पितृ  र प्रकृति थानदेउलाई
कृतिम तिथिमा
न्वाङीलाई खोया बनाएका  छन्  ।
तीन हजार अघि बर्ष फरक
बर्तमानमा पनि फरक नै छन् ।
शब्दमा एक बनाउने नाममा
इतिहासको चिरलिलाम पारेका  छन्  ।
छदमरुपको एकतामा पहिचान र अस्तित्वलाई
ओठे मौलिकताको  ललिपप देखाएका छन्  ।

भाषिक अल्पतामा बल नपाउदा
एकताको साईनोले कृतिमपन थपेका छन्  ।
एक सन्देशमा निसन्देश हुनु
बर्तमान एकतामा क्रमभङग  नै हो ।

आफैमा  नक्कली साईनोका जिन टासिए झै,
टासिएर आउन केही बेर लाग्दैन ।
हिजो पनि नटासिएरै छुट्टिएको थियो ।
आज फेरि नटासिएको  नै छ
पुन फेरि  टासिनु पू्र्खामा  भिजिल्यान्ते पक्का छ ।
त्यो ताका  इतिहासको घडिले बताउनेछ ।
कोदोको पिठो चामलको हो भन्न सकिन्न ।
मैथिली “दोनवार र थारुदलुवार” लाई

सस्कृति डोनेको हो भन्न सकिन्न ।

किन कि अरुको थाङ्ना  उठाउदा,
आफ्नै लगौटिको इझार
खुस्किएको चाला छैन ।
सरम र लाज आफ्नो छोप्न नसक्ने लोचनले
रङगमन्चमा कुर्लिएको काम छैन ।
अनेकताको एकताको  “दनुवार शब्द”  एउटै हो भन्ने भाष्य प्रयोगले,
फरक इतिहास धरोहरको  डोने जातिसमुदाय एउटै  दनुवार  हो भन्न सकिदै सकिँदैन ।
एकता गर्ने झुण्डले

अहिले जिते पनि भोलि हार पक्का छ ।
भोलिफेरी  किरणउषासङै  उदाएको  सपनहरु
२४ घण्टा नबित्दै  मध्यरातको निशाले
गाजिसक्ने निश्चित छ ।
रात र दिनको परिभाषा नै फरक छ ।

त्यसैले ,

परसस्कृतिको जरा डोनेको
चिहानबाट अबस्य  निस्कनेछ ।
त्यसैले त आज  यो चिहान
बन्धकीमा राख्नेहरुको मलामी छन्  ।
पुर्खाको चिहान नै बन्धकीमा बाढ्नेले
भोलि आफै खरानी बन्नुपर्छ भन्ने बिर्सिएका  छन्  ।
आफ्ना पृथक र प्रथाजनित  डोने सस्कार र सस्कृती
डढेलो लगाएका छन्  ।
पुर्खाको इतिहासको बिरासतले नभुल्ने
अस्तिव र जातीय साख लिलाम गर्दै
बिक्रिका एकताका स्टलहरु स्टन्ट गर्दै  ,

थरको महलमा लेखिएको “दनुवार शब्दमा” ट्याउकाजीहरु बोक्रेध्वास फिजाएका छन ।

थाहा नपाएका लाटोकोशेरो र हुट्टिट्याउहरुले
उत्तानो परि आकाश थामे झै सोच्ने समुदायका मनुवाहरु
गोयबल्स शैलेमा,
तीन जातजातिको  “दनुवारथर  ” कित्ताकालाई
जागरण समितिको राजनीतिले एकता हुनुपर्छ भन्ने ध्वास पिट्दै छन् ।
मैथिल जाति दोनबार भाषा र थरुवा “नेमान”मा मिलाएका किन छन्  ? !
अल्पसंख्यक भन्दै बृहत् मासमा
फरक सास्कृतिक अनुहार  मिसाएका किन मिसाएका  छन् ?!
सुगुरको आन्द्रा दुने र जनै जप्ने बिच
जातिय एकता गरेको हो भन्ने भ्रम  पारेका  छन्  ।
घुङी र गङगटो  खाने कुरा मिल्यो भन्दै,
थारुदलुवार एउटै भनेकै आधारमा ।

दनुवार स्वीकार गरेकै आधारमा
कठैबरा मेरा जातिका ल्याप्छे मानसिकता !

आज बन्धकी जागरण समिती एन्जिओमा  ?

मातृभाषाको डोने शब्दलाई चिर लिलामी गर्दै
बेमानपनको नशामा बर्तमानपिढिले

परसस्कृतिको अन्तरजातीय  नेमानले घर गरेको छ।
पहिचानको साखको आधार शिबिरमा
धमिराहरुका ताती लागेका  छन् ।
मौलिक सस्कृतिको सत्तिस साल र शृखण्डलाई
बिस्तारै खादैछ ।
मैथिल दोनवार र थरुवादल्वारजनको सस्कृतिले

बिचौलियापनको  भुमिका खेलेका छन्  ।
डोने मातृभाषी र पुर्खौली भाषामा
एकै खलकका कुलङार आफै आफै बनी
दुनियामा एकताको ध्वास दिदैछन्  ।
आफ्नो र अर्काको मौलिक सास्कृतिक पदचाप चिन्न नसक्ने

स्वाठे राजनीति गर्नेलाई एकमतमा दनुवार चाहिएको छ !

पुर्खा र जिन नश्ललाई एउटै हो भन्ने छुट कसैलाई छैन ।

मातृभाषा र फरक मौलिक  सस्कार सस्कृतिलाई  यहाँ,

एउटै हो भन्ने छुट कसैलाई छैन ।

डोने पुर्खाको रितिरिवाजलाई
“दनुवारथर शब्द एकतामा खरानी बनाएको छ ।

फरक जातीय “मिथक र मौलिकसस्कृति
सौदाबाजीको रङ्गमंच  बनाएका छन्  ।
शाश्वत पहिचान र अस्तित्व
दुनको डोने(राईदनुवार)को आदिबासी पहिचानमा
नागासाकी र हिरोसिमामा
बम  खसाईए झै खसाईएका  छन  ।
डोने जनजातिको नैसर्गिक सस्कृतिको  चक्लाबन्दीमा

छदमभेषको परसस्क्रती  नेमानले डोने मौलिकताको खरानी बनाएको छ ।