०८ चैत्र २०८२, आइतबार

उदयपुर क्षेत्र नम्बर २ मा रास्वपाका सूर्य  बहादुर तामाङ  भारी मतले  विजयी

उदयपुर १ मा रास्वपाको भारी मतको अग्रता कायमै

संबाददाता: यमन राईडोने

उदयपुर,२३ फागुन ।
उदयपुर – २ मा रास्वपाको उम्मेदवार सूर्य तामाङ प्रतिनिधि सभा सदस्यमा भारी मतको अन्तरले  निर्वाचित भएका  छन्  ।

१४ हजार आठ सय २ मतसहित  उहाँ  विजयी भएको हो । निकटतम प्रतिद्वन्दी भन्दा ७ हजार १ सय ५४मतको अन्तरमा विजयी भएका हुन ।

निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अम्बर रायमाझीको ७ हजार ६ सय ४८ मत रहेको छ । रायमाझी निवर्तमान प्रतिनिधिसभा सदस्य थिए ।

तेस्रो स्थानमा नेपाली कांग्रेसका रामकुमार राईको ७ हजार २ सय ९० मत प्राप्त गर्नुभयो त्यसै गरि   नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुरेश कुमार राईको ५ हजार १ सय १७ मत प्राप्त भएको छ ।

शुरेश  पूर्व प्रतिनिधिसभा सदस्य हुन् । श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले ३ हजार १ सय ३९ मत प्राप्त भयो ।

उदयपुर २ नम्बर क्षेत्रमा कुल ९६ हजार १ सय ३१  मतदातामध्ये ४४ हजार ६ सय ३४ मत खसेको थियो  ।
तामाङ  उदयपुरमा प्रतिनिधि सभा सदस्य विजयी हुनेमा पहिलो खाता खोल्न सफल भएका छन् ।

त्यसै गरि उदयपुर १ समेत रास्वपाको उम्मेदवार  पारसमणी गेलाल भारी मतका साथ अग्रता  कायम गर्दै आएको छ । १ नम्बर क्षेत्रमा पनि रास्वपाकै बिजय हुने सुनिश्चितता नजिक पुगेको छ ।