०८ बैशाख २०८३, मंगलबार

उदयपुरको बेलका सातपत्रेमा बसको ठक्करले एक जनाको मृत्यु

दुबईबाट केही साता अघि घर आएका थिए बस्नेत

संबाददाता: सम्बादाता

उदयपुर,७ बैशाख । बिहेको जन्ती लिन जाँदै गरेको बसले ठक्करले उदयपुरको बेलका नगरपालिका -३ नयाँटोलका रोमन वस्नेतको मृत्यु भएको हो ।

आज (सोमबार) राती प्रदेश ०१-०२-००२ ख ०१५८ नम्बरको यात्रुबाहक बसले प्रदेश ०१-०२-०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बस्नेतको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

रामपुर बजारबाट सातपत्रे गाउँतर्फ जन्ती लिन जाँदै गरेको उक्त बस र मोटरसाइकल मृतक बस्नेतको घर नजिकै दुर्घटना परेको थियो ।

मृतक बस्ने केही साता अघिमात्र दुबइबाट घर आएका  थिए  ।