संबाददाता: यमन राईडोने
उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदि किनारमा उदयपुर एक्स्पो महोत्सव सुरु हुने भएको छ । कृषि बन,शिक्षा कला सस्कृती,उद्योग र व्यापार : उदयपुरको पहिचान र समृधिको आधार मुल नाराको साथमा आसन्न माघ २३ गत्तेदेखि फागुन ८ गतेसम्म आधा महिना लामो महोत्सव लाग्ने आयोजकले पत्रकार सम्मेलन गरि सोमबार जानकारी दिएको छ ।
महोत्सवमा २ सय स्टलको ब्यबस्थापन गरिएको छ । राष्ट्रिय तथा बलिउड गायक र कलाकारहरुका बेजोड प्रस्तुति हुनेछसाथै रसियन डान्सको कलाकार पनि महोत्सवमा रहने आयोजकले जनाएको छ ।
महोत्सव अबधिमा कृषि तथा घरेलु उद्योग प्रदर्शनी ,खाद्य परिकार,महिला उधमी स्टल,शैक्षिक तथा साहित्यिक पुस्तक सामाग्री प्रदर्शन ,टिन डान्स, सुपर ममि डान्सप्रतियोगिता ,ताजमहल एबम लण्डन बृज दृष्यको सेल्फी पार्क, रमाइलो बाल उधान, चिल्ड्रेन फन पार्क जस्ता महोत्सवको आकर्षक केन्द्रबिन्दु रहनेछन् । साथै विशेषज्ञ डाक्टरहरुबाट समेत मेलामा स्वास्थ चेकजाँच निशुल्क गरिने आयोजकले जनाएको छ ।
त्रियुगा नगरपालिका क्षेत्रमा २४ स्थानमा आन्तरिक प्रर्यटन स्वागत गेटहरुको सजावट हुनेछ ।
महोत्सवमा कोशी प्रदेश कृषि उधोमी ब्याबसायी र सहकारी महिला उधमिहरुका उत्पादनलाई बजारीकरण गर्ने , घरेली उत्पादनलाई ब्राण्डिङ गर्ने,जिल्लामा रहेका धार्मिक सास्कृतिक स्थलहरुको ब्यापक प्रचारप्रसार गर्ने र स्थानीय सरकार ,निजि र सामुदाबिछ सहकार्य उत्पको प्लेटफर्म निमार्णमा जग बसाल्ने साथै युबा पुस्तामा उधोमी सोछ सीप र ब्यबहारिक ज्ञान बिकास गराउने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको जिल्ला उधोग बाणिज्य सघ उदयपुरको अध्यक्ष गजेन्द्र कुमार भगत पत्रकार सम्मेलन गरि जानकारी गराए ।
महोत्सवमा कृषिमा आधारित सामाग्री ,हस्त कला सामाग्री ,जडिबुटी सामाग्री , अटोमोबाइल तथा यान्त्रिककरण सामाग्री ,इलेक्टि्रकल सामाग्री ,रेष्टुरेन्ट तथा होटेल सेवा,जातीय पहिचान युत्रा परिकार लगायत महोत्सवको आकर्षण रहने उनले बताए ।
महोत्सवमा सर्बसाधरणलाई प्रवेश शुल्क १ सय पचास लागेन, विद्यार्थीलाई एक सय र जेष्ठ नागरिक र अपाङ्गलाई निशुल्क गरिएको जिल्ला उधोग बाणिज्य सघ्कओ महासचिव सुनिल साहले जानकारी दिए ।
पन्ध्रौं दिन लाग्ने महोत्सवको मुख्य प्रायोजक अग्नि इनकर्पोरेट प्राली र सह प्रायोजकमा सौर्य सिमेन्ट इन्डस्टृज,मिड भ्याली कलेज काठमाडौ ,न्युरो अस्पताल बिराटनगर ,प्रभु इन्स्योरेन्स ,म्याक्स टाईगर इनेर्जी डृन्क,ब्ल्याक बयक,ग्लोबल आईएमई, गोर्खा ब्रुबवरी लगायत दर्जन प्रतिष्ठित व्यापारी कम्पनीहरुका प्रायोजकमा मेला सम्पन्न हुने महासचिव साहले पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यसै गरि कोशी प्रदेशको पर्यटन ,बन तथा बाताबरण मन्त्रालय ,उधोग, कृषि तथा सहकारी मन्त्रालय ,प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना इकाई खोटाङ र नेपाल चेम्बर अफ कमर्शको प्रबर्द्धकत्वमा महोत्सव को आयोजना उदयपुर एकस्पो सम्पन्न हुने मुल आयोजक कमिटीले जनाएको छ ।