२० माघ २०८२, सोमबार

मंसिर पुर्णिामा डोने जातिको न्वाबर्ष ३४०५ सुरुवात

आदिबासी जनजाति डोने समुदायको न्वाङी ग्रहण गर्ने प्रचलन प्राचिन्तम विधि हो । यो दिनबाट नयाँ बाली खाने प्रचलन रहेको उनीहरुको मिथक रहेको छ ।

संबाददाता: यमन राई डोने

डोने नयाँ बर्ष ( डोन्या न्वा बर्ष ) ३४०५  दुचया  (न्वाङि अन्नपानी )पर्बको रुपमा हरेक बर्षको  मन्सिर  पुर्णिामालाई नयाँ बर्षको मानक बनाउन सकिन्छ । डोने जातिआदिबासी  दुन उपत्यकामा  ३ हजार बर्ष पहिले देखि बसोबास रहदै आएको मान्न सकिन्छ । त्यसैले डोने मातृभाषा र पुर्खौली इतिहासको जरालाई बर्तमानमा सस्कृतिक बिज्ञानको रुपमा बुझ्न आवाश्यक पर्छ ।

डो भनेको ( अर्थ) – दुन,उपत्यका ,बेशी,फाट, र टार

ने भनेको –  मानिस , आदिमानिस,  मनुखे  अर्थ बझाउदछ ।

(त्यसैले डोने भनेको दुन,उपत्यका ,बेशी,फाट र टार क्षेत्रको आदिमानिस ,पुराना मानिस  जसलाई भुमिपुत्र  भनिन्छ । )

न्वा र ङि को अर्थ –
न्व – चोखो

न्वा भनेको –  नयाँ
वा  भनेको  –  पानी

न्वाङ  को अर्थ  – अमृत ,चोखो पानी , सुद्द पानी देउतालाई चढाउने जल

ङि भनेको   बाली ( धान,मकै,कोदो, गहु लगायत नया उत्पादन  अन्न

न्वाङी भनेको  चोखो  ,शुद्ध ,( अन्नपानी )  भुमी र कुलदेवता  लाई चढाएर ग्रहण गर्ने ।

जसलाई  अन्नपानी (न्वाङि) भन्ने बुझाउदछ ।   डोने भाषामा दुचया अर्थात्  न्वाङी  पनि भन्ने प्रचलन रहेको छ । दु भनेको दुनबेशीमा फल्ने र चया भनेको धान हो । जसको शाब्दिक अर्थ  दुनबेशीमा फलेको धान  हो । जसलाई मच्छिन्द्रनाथलाई नचढाई खान नहुने मिथक  रहेको छ । त्यसैले न्वाङिको दिन मच्छिन्द्र देउलाई चढाएर  मात्र खाने प्रचन रहदै आएको छ ।

यो खेती प्रणालीमा आधारित  सहकालको देवता मच्छिन्द्रलाई  चढाएर खाईन्छ । जसलाई वर्षा र सहकालको देउ  वा  (देवता)  भनिन्छ ।

न्वाङी बनाउदा चाहिने  सरजाम वा सामाग्रीहरु
नयाँ  चामल (न्वाच),  गुड/सखर  (गुद),(  मह (म्हफू), चोखोनितो पानी , (वादु )
ल्वाङ(   )मरिच (  ), सुकमेल( सुङ), अदुवा(जिराङ)

नयाँ  अन्न चामल
(न्वाच: ) नयाँ  चामल  र पानी जो  देउता वा पित्रीपुर्खालाई   चढाएर ग्रहण गर्ने सस्कार । जसलाई अन्नपानी न्वाङी खाने पनि भन्दछ ।

## आफुले खानुअघी  न्वाङी (अन्नपानी ) बनाएको चालमको टीका निधारमा लगाएर  र  तरलपदार्थ भुमिआकाशलाई दिएर वा छर्किएर  खाने वा पिउने प्रचलन रहेको हुनाले ।
जसबाट बर्षदिन खेतिपाती गर्न तागत रहोस,  अन्नपानीको शक्ति भैरहोस,  अन्नपानीको अनिकाल घरपरिवारमा कहिल्यै नपरेस ,  अन्नबाली   सपृउन,  मुठी मानोले पाथि, मुरि फलाउन  प्रकृतिदेवुदेबीले  सदासदा सहकाल भैरहोस भनी प्रकृतिलाई  पुजा आजागरी मनाउने प्रचलन रहेको हुदाले ,

 

@## जो ४ औ सताब्दीदेखि गर्दै आएको  आदि डोने प्रथाजनित सस्कृती  भएको हुँदाले

डोनेवा  भनेको ,”डोने आदि पुर्खा पानी सङै बाचेको  मानिस भन्ने बुझिन्छ ।”
डोनेले  पानी, वर्षा र सहकालको देवता  मछ: (मच्छिन्द्र) चढाई,पुकारी , सम्झि, नयाँ  अन्नबालीले अनिकाल नपरोस , अन्न बालिमा रोगब्यादी,बाढी पहिरो, खडेरी ,  जंगली  किरामिराधमिरा र जीव जनाबरले क्षती  नगरिन भन्दै न्वाङी ( अन्नपानी)  भुमी ,देवता र पुर्खा पितृकुललाई अर्पण गरि खाने वा ग्रहण  गर्ने विधि,परम्परा ,सस्कार ,सस्कृती, रितितिथी, आदि डोने पुर्खा र कुलपित्री देउदेबीलाई साक्षी राखी भाकल गरि चोखो नितो गरि पुजाआजा मानभाउ पुकारी डोने सन्ततिहरुका रक्षा गरिदेउ भनी गरिने आदि सस्कृती भएको ले गर्दा   न्वाङी (अन्नपानी )  ग्रहण गर्ने दिन भएकोले गर्दा ।

#@@ कार्तिक शुक्ल पुर्णिामा देखि मंसिर शुक्ल पुर्णिामा सम्म  न्वाङि खाने प्रथाजनित डोने सस्कृती भएको हुनाले ,

##@@कार्तिक शुक्ल पुर्णिमा ( डोन्या पुर्णाक:) मा  मकै (अन्न) भिष्ठादेवलाइ चढाएर पुजाआजा गरिने भएकोले ।
##@@  डुसि (कोदो) ,मोठ( भट्मास)  कालो मास, धान आदि लगायतका बिउबिजन मच्छिन्द्रलाई चढाएर, सम्झेर ,पुकार गरेर बिउबिजन छर्ने उमार्ने वा लगाउने   नयाँ बाली लगाउने भएकोले ।
कार्तिक पुर्णिामा देखि मंसिर पुर्णिामा सम्म  अन्नपानी (न्वाङि) खाईसक्ने प्रचलन भएकोले
डोने , राईडोने, राईदेवास  र राईदनुवार जातिले  मंसिर पुर्णिमामा  न्वाङी खाने मैजारो गरिसक्ने भएकोले

##@@ न्वाङी खाने  मन्सिर पुर्णिामालाई डोने समुदायको नयाँ  बर्षको रुपमा मनाईने भएकोले ।

@@# डोने बर्ष ३४०५ मान्न सकिने भएकोले  जसलाई
उपत्यका, दुनको आदिमानिस वा भुमिपुत्रले   मानबबिकासको समय सुचान्क ,सुरु  र सुरुवात काल खण्डको दिन  मान्ने भएकोले ।

@@
डोन्याबर्ष  अर्थात न्वाबर्ष  (नयाँ बर्ष)  ३४०५  ( न्वा बर्ष)  सुरुवात दिन भएको मान्न सकिन्छ ।  जसलाई न्वा बर्ष अर्थात्  नयाँ  बर्षको प्रारम्भ भएको दिनलाई बुझाउदछ ।  मंसिर शुक्ल पुर्णिमा डोन्या पर्व भनी मनाउने समेत गरिन्छ ।  जसममा यले सम्बतलाई मानक बनाउदा  डोने बर्ष ३४०५  बर्ष मान्न सकिने इतिहासको बिन्दुलाई मानक बनाउ सकिन्छ जुन इतिहास  एउटा  समाज बिज्ञानको मुल दसि प्रमाण हो ।

डोन्या न्वाङी पर्बको रुपमा स्थापित र  सास्कृतिक सामरिकताको साख  यो मंसिर  पुर्णाक: मन्सिरे पुर्नेलाई मान्न सकिन्छ ।
जुन दिन नब दुलाहा दुलही बन्नको लागि बारुमी जाने,टाउको खाने, घैला बुझाउने,  र चेलिबेटिलाई  टिकाटालो गरिदिने, कर्मचलाउने आदि सबै कार्य मंसिर  पुर्निमादेखी प्रारम्भ  हुने भएकोले  जीवन र  जगतको लागि नयाँ  अध्याय सुरु वा प्रारम्भ गरिने दिन भएकोले बिशेष गरि यो दिन डोनेसमुदाय वा सम्प्रदायका लागि अमुल्य दिन हो ।जसको सस्कृतिक मूल्य मान्यता ओजस्वीपुर्ण र पुर्खौली बिरासपुर्ण, र सान्सासारिक जिवनाचार्यको नया जीवन सुरुवातको धरोहर हो । जसलाई डोने,राईडोने,राईदेवास र राईदनुवार आदिबासी जनजातिको सास्कृतिक महत्त्वपूर्ण दिनको रुपमा मान्न सकिन्छ ।  जसलाई डोन्याबर्ष   आरम्भ भएको दिन मान्न सकिन्छ ।
यी सबै कर्म र सस्कार सस्कृतिको  धरोहर र साख:का आजस्बी दिन डोने पुर्खाहरुले परम्परागत मान्दै आएको र यसदिनलाई शुभ दिनको सुरुवाती दिन मान्ने प्रथा र प्रचल रहेको हुदा मंसिर  पुर्णिामालाई   डोने नयाँ जीवन सुरुवात दिन भएको प्रथाजनित दिनको रुपमा मान्न सकिन्छ ।।

मानव जीवन, प्राकृतिक अन्नबाली र प्रकृति देवदेवीलाई साक्षी राखेर  नयाँ जीवन सुरुवात गर्ने भएको हुदा याअ दिनलाई  बर्ष सुरुवातिको पहिलो दिन मान्न सकिने सास्कृतिक सामरिक दिन रहेको छ ।

त्यसैले प्रत्येक बर्षको मंसिर  पुर्णिमाको दिन डोने जाती समुदायको  सुभारम्भ दिन भएको हुदा यस दिनलाई डोने सास्कृतिक यश दिन मान्न सकिन्छ । जुन मंसिर पुर्णिमालाई  नयाँ  बर्ष अर्थात्  डोन्या बर्ष  भनेर मान्न सकिन्छ ।

(लेखक: फोनिज संघीय उपाध्यक्ष तथा नेपाल टेलिभिजन उदयपुरका स्थानिय समाचारदाता हुन्  ।)