२० माघ २०८२, सोमबार

जातीय मेलामा सार्बजनिक बिदा दिने नजिर त्रियुगा नगरपालिका

हरेक बर्षको मंसिर २५ गते बजेट पचाउने मेला मात्र हो । पुर्खाको सस्कृतिको दिन हुँदै होईन ।

संबाददाता: सम्बादाता

नेपालको जातजातिहरुका जातिय महोत्सव (मेला)  लगाउदा  सार्बजनिक बिदा दिने नगरपालिका  उदयपुर जिल्लाको त्रियुगा र कटारी नगरपालिका हो ।

दनुवार जातिको न्वागी(नेमान) २५ मंसिर कृतिम चाडपर्वको  दिन हो । यस  समुदायको पुर्खा र मौलिक सस्कृति हुदै नभएको दिन मंसिर  २५ गत्ते हो । जुन दिन स्थानीय सरकार नै भ्रमित बनेको छ ।

यो जातिको कृतिमदिन २५ मंसिर गत बर्षबाट सुरुवात भएको दिन थियो ।  (पङ्तिकार स्वयम् यस जाति समुदायको सास्कृतिक अध्ययता र खोजकर्ता हुन ।)

समुदायले भ्रम पारेर स्थानीय सरकारले सार्बजनिक बिदा दिने घोषणा/ निर्णयले स्थानीय सरकारले  विभिन्न जातजातिको महोत्सव र मेलामा सार्बजनिक बिदा दिने नजिर बसाएको छ ।

नेमान र दनुवार जातिको  मंसिर  २५ गत्ते कुनै पुर्खौली सम्बन्ध  छैन ।   महोत्सव र मेलालाई सार्वजनिक बिदा दिने स्थानीय  तह सरकारको गैरजिम्मेवारीपन  हो ।

“नेमान” दनुवार जातिको मातृभाषाको शब्दै होईन । मंसिर  २५ गत्ते न्वागिको लागि  कृतिम दिन  बनाएको हो । दनुवार जातिले न्वाङि मंसिर पुर्णिामा कटाउदैनन । समाज अध्ययन गर्नुहोस स्थानीय सरकार ?
बास्त्बिकता उदाङ्गओ बनाईदिन्छ भनेर सुटुक्क  पत्रकार  सम्मेलनमा नेमान भन्दै भ्रमको खेतीको भाष्य निर्माण  गरि गोयबल्स शैलिमा कृतिम पर्व र चाड बनाउने हर्कत भयो ।

दनुवार खाना मेला महोत्सव लगाउदा   नकारात्मक आलोचना  गर्नु पटक्कै  छैन । तर न्वाङीलाई कृतिम दिन घोषणा गर्नु यो आफैमा लज्जाबोध हुनु बाहेक केही छैन ।

६० बर्षमाथि बाचेका हाम्रा  अग्रजलाई सोधौ “नेमान” भन्ने चाड तपाईंको  हो भनेर सस्कृती अध्ययन खोज गर्नुहोस तपाईं नगरपालिकाको पनि कर्तव्य  हो ।
निगाहाको सुझाबलाई सस्कृती बनाईदिने छुट सार्बजनिक बिदा दिएर नगरपालिकालाई छुट छैन ।

कार्तिक पुर्णिामादेखि मंसिर पुर्णिामाको कुनै दिन सामुहिक दिन बनाएर न्वागी (नयाँ अन्नपानी) खाने हाम्रो जातिमा आदिम सस्कार र प्रथाजनीत सस्कार हो ।यो नकार्न सकिँदैन  । तर “नेमान” भनेर कुलपित्री , भुमिप्रकृती देउदेबीलाई सम्झी पुजाआजा मानभाउ गरि चढाईदैन ।
हाम्रो मातृभाषाको जातिय शब्द र सस्कृतिको गर्बमा रहदैन (नेमान पर्व ।  )
मातृभाषाको रुपमा पर्यायबाचिको रुपमा प्रयोग गर्ने दुस्साहस गरियो जुन इतिहास र पुर्खाको मातृभाषी हामी र हाम्रा जाति  समुदायलाई परसस्कृतिको रसातलमा पुराएको छ, नेमानले  ।  यो किमार्थ स्विकार्य छैन ।

सस्कृती बन्न पुर्खाको प्रचलन रहनु पर्ने हुन्छ तर मंसिर  २५ गत्ते हाम्रा जाती समुदायको कुनै पर्व होईन यो त केबल मेला मात्र हो ।यसदिनलाई सास्कृतिक यश मान्न सकिँदन ।

(पन्तिकार यसै जाति  समुदायको खोजकर्ता हुन्  ।)