संबाददाता: औलोबिजय राई
उदयपुर ,२४ फागुन । उदयपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार पारसमणी गेला प्रतिनिधि सभा सदस्यमा भारीले निर्वाचित भएका छन् ।
३० हजार ५ सय ९० मतसहित उहाँ विजयी भएको हो । उहाँको निकटतम प्रतिद्वन्दी श्रम सस्कृती पार्टीको उम्मेदवार राजेश कुमार राईले ११ हजार ६ सय ६ मतको प्राप्त गरेको छ ।
तेस्रो स्थानमा नेकपाका बलदेब चौधरीको १० हजार २१ मत प्राप्त गर्नुभयो । उदयपुर १ र २ बाट रास्वपाको उम्मेदवार पारसमणी गेलाल र सुर्य बहादुर तामाङ भारी मतका साथ बिजय भएको छ ।