२० माघ २०८२, सोमबार

गित : हामी नै हौं  डोने 

संबाददाता: यमन राईडोने "औलोबिजय"

दुनको भुमिपुत्र हामी नै हौं  डोने  ।
लरि किनाराका जलपुत्र हामी नै हौं  डोने ।

दुनको पहिलो बासी हामी कृषि  हाम्रै  पेशा
तीन हजार बर्षअघि न्वाङी हाम्रै डोने भाषा

कोदोबाली धानखेती हाम्रै पशुधन
आदिबासी जनजाति शोझोसिधा मन

उपत्यका ,दुनबेशी टार बस्ने पहिलो मुलबासी
हामी नै हौं डोने हाम्रै मातृभाषामा  न्वाङी

दुनको भुमिपुत्र हामी नै हौं डोने ।
आदिम पुर्खा अस्तित्वको हामी नै हौं  डोने ।
छाङ्रा सिसार फर्सिन ,झाकी राम्दल ख्याली
जनजाति हाम्रा  पहिचान , हाम्रो नेपाल हामी नेपाली

दुनको पहिलो आदिबासी हामी नै हौं  डोने
पृथक सस्कार सस्कृति हामी नै हौ डोने  ।
दुनको पहिलो मुलबासी जनजाति हामी नै डोने ।
दुनको पहिलो आदिवासी हामी नै हौं  डोने ।