१६ आषाढ २०८३, मंगलबार

कबिता : मात्र मृत्यु अझ बाकी छ

संबाददाता: यमन राईडोने "औलोबिजय"

दु:ख छ ,
अलिकति हासो बाचेको छ ।

पीडा छ,
थोरै भए पनि खुशी छ ।
सम्बन्ध छ,
आफन्त जस्तो लागेको छ ।
आफन्त छ,
सम्बन्ध क्षितिज पारी जस्तो छ ।
निरासा छ,
जीवन अलिअलि अघि बड्दै गाको छ ।

गहिरो चोट छ,
कम्तिमा पनि खाटो बस्नै लागेको छ ।
उफ जिन्दगी !
चारैपटिको जन्जिरमा बाधेको छ ।
तर पनि ,
उन्मुक्तिका लागि !
न्वारानदेखिको बलले तोड्दै जानुछ ।
केबल सबै चिज गुमिसकेको छ ।
तर एकमुठी सास रहेसम्म,
सहास अझै तुफानी जस्तो बाकी छ ।

सपना धेरै छ,
पूरा झिनो मात्र छ ।
गन्तव्य कठिन छ ,
यात्रा निरन्तरता चलिराको छ ।

भल्ब चली आको छ ,
जिगर बन्द हुन मात्र बाकी छ ।
समय खराब छ ,
आट बलिलो पार्दै जानुछ ।
नयन उस्तै छ ,
ज्योती कम्जोर बन्दै गाको छ ।

आकाशमा पन्छी उडिराको छ ।
मन कतकता बादल झै मडारी राको छ ।
जिन्दगी न हो थेरै पटक बज्र हानेको छ ।
बाच्नु पर्ने आशा खरानी भएको छ,
तर पनि खरानीबाट फेरि उठ्नु परेको छ ।

डियर जिन्दगीमा !
एक फेर फेरि ,
जिउनु निधारमा लेखेको रहेछ ।
मर्नु त छदैछ !
पटक पटक मर्नु पिडादायी छ ।
मर्ने चोला न हो ।
अजम्बरी ओखती आफ्नै हिम्मत बाकी छ ।
आट गर ,हिम्मत नहार ,नखा हरेस ,
जिन्दगीमा फेरि ,
एकफेर पल्ल्वी पलाउन बाकी छ ।

उजाड छ जिन्दगी !
डडेलो लागिसकेको छ ।
फेरि पनि सदाबहार हुन ,
जोश बाकी नै छ ।
जिन्दगी न हो !
कहिलेकाही तलमाथि हुन्छ ।
आत्तिएर-मात्तिएर ,
जिन्दगीमा हिड्न अझै बाकी छ ।

सजोतसो जीवन  चलिराको छ , हुन मात्र मृत्यु अझ बाकी छ ।

                                               – यमन राईडोने

२०८३ असार १६ ।