०५ आषाढ २०८३, शुक्रबार

देवधार खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु

देबधार खोलको दहले निकैको ज्यान लिईसकेको छ

संबाददाता: सघीय सम्बादाता

उदयपुर, ३ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित देवधार खोलाको दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका–९ देवधार निवासी बुधन सदाकी १४ वर्षीया छोरी आयुसा सदा बुधबार दिउँसो पौडी खेल्ने क्रममा दहमा डुबेर बेपत्ता भएकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजी कार्य सञ्चालन गरेका थिए। खोजतलासका क्रममा साँझ करिब ७:२० बजे आयुसालाई सोही दहमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।