संबाददाता: यमन राईडोने “ औलोविजय “
मान्छेले मान्छे चिन्न छोडेछ,
पूmलले छोपी काँडा थापेछ ।
जानी नजानी लाएको माया शोकमा डुबेछ,
तिम्रो र मेरो मायाको तमसुक बेनामी बनेछ ।
मान्छेले मान्छे चिन्न छोडेछ……………….
सात जुनी जीउने माया बेकारको खेल भयो
जुन सरी माया मेरो तिमीलाई टेन्सनै भई गयो
भm्याली रैछ तिम्रो चाला निर्दोषीलाई चोट दिने
सुर चढ्यो विष पनि एकै घुट्को पारिएछ
मान्छेले मान्छे चिन्न छोडेछ……………….
ठाँठबाँट तिम्रो चाला फाईफुट्टी खेलामा
पाखे नजर जुधाईएछु माया पाउने आशामा
नील काँडा थापिछौ,लाहुरे काँडा थापिछौ
काँडैकाडाकौ बीचमा फूलको अत्तर हालिछौ
पापिनीको माया बुझ्न मलाई कति गाह्रो भो
अंकमाल गरि हिड्ने प्रियतमाको परपुरुष साथी भो
मान्छेले मान्छे चिन्न छोडेछ……………….