संबाददाता: सम्बादाता
उदयपुरको त्रियुगा १० स्थित गाईघाट बोक्सेमा रहेका जिल्लाकै पुरानो कबर्डहल मर्मत सम्भार सम्पन्न भएको छ ।
दुईसाता लामो मर्मतको काम पछि हलमा पानी चुहिने समस्या छानो फेर्ने काम ,रङरोगन, सगै जोडिएको अर्को कबर्ड्लमा समेत २७ थान जस्ता फेरिएको निर्माण समितिकओ अध्यक्ष सुखराज राईले जानकारी दिनुभयो ।
मर्मत सम्पन्नपछि १० नम्बर वडाको अध्यक्ष किरण पाण्डे सहितकोटोलिले मर्मत कार्य सम्पन्न अबलोकन गरि सकेको छ । आज बुधबार मेयर बसन्त बस्नेतले समेत कबर्डहलको अबलोकन अनुगमन गर्ने भनिएता पनि उहाँको ब्यस्तताले भोलि गर्ने जनाएको छ ।
कबर्बहलका लागि नगरपालिकाको ५ लाखद्वारा कार्य सम्पन्नता गरिएको निर्माण समितिको सचिब बिपिन भट्टराईले बताउनु भयो ।
दुईसातापछि खेल भोलि बिहीवारदेखि सुरु गरिने समेत निर्माण समितिको अध्यक्ष राईले बताउनुभयो । कबर्डहल ब्यबस्थित र मर्यादित साथै अनुसासित तबरबाट खेलाडीहरुका लागि सुबिधाजन्य बताबरणका लागि केही नियमहरु खेलाडीहरुबाट यथाशीघ्र पालना गर्नुपर्ने बाध्यकारी अनुसासनको नियम लागू गरिने जिल्ला ब्याडमिन्टन सघको अध्यक्ष किसान राई (कालिदास) ले बताउनु भयो । उहाँ भन्नू हुन्छ – ” नियमित खेलाडीबाट कबर्डहल सरसफाइ लेबि तत्काल लागू गरिने समेत राईको दाबी छ । त्यसो गरियो भने कोर्ट सरसफाइ हुने र धुलोबाट खेलाडी मुक्त हुने र चाडै पार्केटिङ गरिएको कलर पनि नजाने किसानको दाबी रहेको छ ।
जिल्ला ब्याडमिन्टन सघ र त्रियुगा नगर क्लबको सयुक्त संरक्षणमा कबर्डहल संचालित हुँदै आएको छ ।