संबाददाता: सम्बादाता
उदयपुर, २७ जेठ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
लिम्चुङबुङका ३२ बर्षिय चालक हिमाल राईको मृत्यु भएको हो भने सहचालक २७ बर्षिय प्रदीप राई भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
लिम्चुङबुङ गाउँपालिका वडा नं. १ र ३ को सिमानामा पर्ने सेतिढुङ्गा खहरे खोलामा दुर्घटना भएको थियो । कात्तिकेबाट ढुङ्गा लोड गरी वडा नं. १ को कार्यालयतर्फ जाँदै गरेको म.प्र. ०१–००१ त २८४० नम्बरको ट्याक्टर उकालो तथा भिरालो कच्ची सडकमा फसेपछि निकाल्ने क्रममा ब्रेक फेल भई अनियन्त्रित भएको थियो ।
अनियन्त्रित ट्याक्टर ब्याक सर्दै सडकबाट करिब ५० मिटर तल खोलामा पल्टिएको प्रहरीले जनाएको छ। चालक राईको शब पोष्टमार्टमका लागी जिल्ला अस्पताल उदयपुर पठाएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लिम्चुङबुङ तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।