संबाददाता: यमन राई डोने
डोने नयाँ बर्ष ( डोन्या न्वा बर्ष ) ३४०५ दुचया (न्वाङि अन्नपानी )पर्बको रुपमा हरेक बर्षको मन्सिर पुर्णिामालाई नयाँ बर्षको मानक बनाउन सकिन्छ । डोने जातिआदिबासी दुन उपत्यकामा ३ हजार बर्ष पहिले देखि बसोबास रहदै आएको मान्न सकिन्छ । त्यसैले डोने मातृभाषा र पुर्खौली इतिहासको जरालाई बर्तमानमा सस्कृतिक बिज्ञानको रुपमा बुझ्न आवाश्यक पर्छ ।
डो भनेको ( अर्थ) – दुन,उपत्यका ,बेशी,फाट, र टार
ने भनेको – मानिस , आदिमानिस, मनुखे अर्थ बझाउदछ ।
(त्यसैले डोने भनेको दुन,उपत्यका ,बेशी,फाट र टार क्षेत्रको आदिमानिस ,पुराना मानिस जसलाई भुमिपुत्र भनिन्छ । )
न्वा र ङि को अर्थ –
न्व – चोखो
न्वा भनेको – नयाँ
वा भनेको – पानी
न्वाङ को अर्थ – अमृत ,चोखो पानी , सुद्द पानी देउतालाई चढाउने जल
ङि भनेको बाली ( धान,मकै,कोदो, गहु लगायत नया उत्पादन अन्न
न्वाङी भनेको चोखो ,शुद्ध ,( अन्नपानी ) भुमी र कुलदेवता लाई चढाएर ग्रहण गर्ने ।
जसलाई अन्नपानी (न्वाङि) भन्ने बुझाउदछ । डोने भाषामा दुचया अर्थात् न्वाङी पनि भन्ने प्रचलन रहेको छ । दु भनेको दुनबेशीमा फल्ने र चया भनेको धान हो । जसको शाब्दिक अर्थ दुनबेशीमा फलेको धान हो । जसलाई मच्छिन्द्रनाथलाई नचढाई खान नहुने मिथक रहेको छ । त्यसैले न्वाङिको दिन मच्छिन्द्र देउलाई चढाएर मात्र खाने प्रचन रहदै आएको छ ।
यो खेती प्रणालीमा आधारित सहकालको देवता मच्छिन्द्रलाई चढाएर खाईन्छ । जसलाई वर्षा र सहकालको देउ वा (देवता) भनिन्छ ।
न्वाङी बनाउदा चाहिने सरजाम वा सामाग्रीहरु
नयाँ चामल (न्वाच), गुड/सखर (गुद),( मह (म्हफू), चोखोनितो पानी , (वादु )
ल्वाङ( )मरिच ( ), सुकमेल( सुङ), अदुवा(जिराङ)
नयाँ अन्न चामल
(न्वाच: ) नयाँ चामल र पानी जो देउता वा पित्रीपुर्खालाई चढाएर ग्रहण गर्ने सस्कार । जसलाई अन्नपानी न्वाङी खाने पनि भन्दछ ।
## आफुले खानुअघी न्वाङी (अन्नपानी ) बनाएको चालमको टीका निधारमा लगाएर र तरलपदार्थ भुमिआकाशलाई दिएर वा छर्किएर खाने वा पिउने प्रचलन रहेको हुनाले ।
जसबाट बर्षदिन खेतिपाती गर्न तागत रहोस, अन्नपानीको शक्ति भैरहोस, अन्नपानीको अनिकाल घरपरिवारमा कहिल्यै नपरेस , अन्नबाली सपृउन, मुठी मानोले पाथि, मुरि फलाउन प्रकृतिदेवुदेबीले सदासदा सहकाल भैरहोस भनी प्रकृतिलाई पुजा आजागरी मनाउने प्रचलन रहेको हुदाले ,
@## जो ४ औ सताब्दीदेखि गर्दै आएको आदि डोने प्रथाजनित सस्कृती भएको हुँदाले
डोनेवा भनेको ,”डोने आदि पुर्खा पानी सङै बाचेको मानिस भन्ने बुझिन्छ ।”
डोनेले पानी, वर्षा र सहकालको देवता मछ: (मच्छिन्द्र) चढाई,पुकारी , सम्झि, नयाँ अन्नबालीले अनिकाल नपरोस , अन्न बालिमा रोगब्यादी,बाढी पहिरो, खडेरी , जंगली किरामिराधमिरा र जीव जनाबरले क्षती नगरिन भन्दै न्वाङी ( अन्नपानी) भुमी ,देवता र पुर्खा पितृकुललाई अर्पण गरि खाने वा ग्रहण गर्ने विधि,परम्परा ,सस्कार ,सस्कृती, रितितिथी, आदि डोने पुर्खा र कुलपित्री देउदेबीलाई साक्षी राखी भाकल गरि चोखो नितो गरि पुजाआजा मानभाउ पुकारी डोने सन्ततिहरुका रक्षा गरिदेउ भनी गरिने आदि सस्कृती भएको ले गर्दा न्वाङी (अन्नपानी ) ग्रहण गर्ने दिन भएकोले गर्दा ।
#@@ कार्तिक शुक्ल पुर्णिामा देखि मंसिर शुक्ल पुर्णिामा सम्म न्वाङि खाने प्रथाजनित डोने सस्कृती भएको हुनाले ,
##@@कार्तिक शुक्ल पुर्णिमा ( डोन्या पुर्णाक:) मा मकै (अन्न) भिष्ठादेवलाइ चढाएर पुजाआजा गरिने भएकोले ।
##@@ डुसि (कोदो) ,मोठ( भट्मास) कालो मास, धान आदि लगायतका बिउबिजन मच्छिन्द्रलाई चढाएर, सम्झेर ,पुकार गरेर बिउबिजन छर्ने उमार्ने वा लगाउने नयाँ बाली लगाउने भएकोले ।
कार्तिक पुर्णिामा देखि मंसिर पुर्णिामा सम्म अन्नपानी (न्वाङि) खाईसक्ने प्रचलन भएकोले
डोने , राईडोने, राईदेवास र राईदनुवार जातिले मंसिर पुर्णिमामा न्वाङी खाने मैजारो गरिसक्ने भएकोले
##@@ न्वाङी खाने मन्सिर पुर्णिामालाई डोने समुदायको नयाँ बर्षको रुपमा मनाईने भएकोले ।
@@# डोने बर्ष ३४०५ मान्न सकिने भएकोले जसलाई
उपत्यका, दुनको आदिमानिस वा भुमिपुत्रले मानबबिकासको समय सुचान्क ,सुरु र सुरुवात काल खण्डको दिन मान्ने भएकोले ।
@@
डोन्याबर्ष अर्थात न्वाबर्ष (नयाँ बर्ष) ३४०५ ( न्वा बर्ष) सुरुवात दिन भएको मान्न सकिन्छ । जसलाई न्वा बर्ष अर्थात् नयाँ बर्षको प्रारम्भ भएको दिनलाई बुझाउदछ । मंसिर शुक्ल पुर्णिमा डोन्या पर्व भनी मनाउने समेत गरिन्छ । जसममा यले सम्बतलाई मानक बनाउदा डोने बर्ष ३४०५ बर्ष मान्न सकिने इतिहासको बिन्दुलाई मानक बनाउ सकिन्छ जुन इतिहास एउटा समाज बिज्ञानको मुल दसि प्रमाण हो ।
डोन्या न्वाङी पर्बको रुपमा स्थापित र सास्कृतिक सामरिकताको साख यो मंसिर पुर्णाक: मन्सिरे पुर्नेलाई मान्न सकिन्छ ।
जुन दिन नब दुलाहा दुलही बन्नको लागि बारुमी जाने,टाउको खाने, घैला बुझाउने, र चेलिबेटिलाई टिकाटालो गरिदिने, कर्मचलाउने आदि सबै कार्य मंसिर पुर्निमादेखी प्रारम्भ हुने भएकोले जीवन र जगतको लागि नयाँ अध्याय सुरु वा प्रारम्भ गरिने दिन भएकोले बिशेष गरि यो दिन डोनेसमुदाय वा सम्प्रदायका लागि अमुल्य दिन हो ।जसको सस्कृतिक मूल्य मान्यता ओजस्वीपुर्ण र पुर्खौली बिरासपुर्ण, र सान्सासारिक जिवनाचार्यको नया जीवन सुरुवातको धरोहर हो । जसलाई डोने,राईडोने,राईदेवास र राईदनुवार आदिबासी जनजातिको सास्कृतिक महत्त्वपूर्ण दिनको रुपमा मान्न सकिन्छ । जसलाई डोन्याबर्ष आरम्भ भएको दिन मान्न सकिन्छ ।
यी सबै कर्म र सस्कार सस्कृतिको धरोहर र साख:का आजस्बी दिन डोने पुर्खाहरुले परम्परागत मान्दै आएको र यसदिनलाई शुभ दिनको सुरुवाती दिन मान्ने प्रथा र प्रचल रहेको हुदा मंसिर पुर्णिामालाई डोने नयाँ जीवन सुरुवात दिन भएको प्रथाजनित दिनको रुपमा मान्न सकिन्छ ।।
मानव जीवन, प्राकृतिक अन्नबाली र प्रकृति देवदेवीलाई साक्षी राखेर नयाँ जीवन सुरुवात गर्ने भएको हुदा याअ दिनलाई बर्ष सुरुवातिको पहिलो दिन मान्न सकिने सास्कृतिक सामरिक दिन रहेको छ ।
त्यसैले प्रत्येक बर्षको मंसिर पुर्णिमाको दिन डोने जाती समुदायको सुभारम्भ दिन भएको हुदा यस दिनलाई डोने सास्कृतिक यश दिन मान्न सकिन्छ । जुन मंसिर पुर्णिमालाई नयाँ बर्ष अर्थात् डोन्या बर्ष भनेर मान्न सकिन्छ ।
(लेखक: फोनिज संघीय उपाध्यक्ष तथा नेपाल टेलिभिजन उदयपुरका स्थानिय समाचारदाता हुन् ।)