संबाददाता: सम्बादाता
नेपालको जातजातिहरुका जातिय महोत्सव (मेला) लगाउदा सार्बजनिक बिदा दिने नगरपालिका उदयपुर जिल्लाको त्रियुगा र कटारी नगरपालिका हो ।
दनुवार जातिको न्वागी(नेमान) २५ मंसिर कृतिम चाडपर्वको दिन हो । यस समुदायको पुर्खा र मौलिक सस्कृति हुदै नभएको दिन मंसिर २५ गत्ते हो । जुन दिन स्थानीय सरकार नै भ्रमित बनेको छ ।
यो जातिको कृतिमदिन २५ मंसिर गत बर्षबाट सुरुवात भएको दिन थियो । (पङ्तिकार स्वयम् यस जाति समुदायको सास्कृतिक अध्ययता र खोजकर्ता हुन ।)
समुदायले भ्रम पारेर स्थानीय सरकारले सार्बजनिक बिदा दिने घोषणा/ निर्णयले स्थानीय सरकारले विभिन्न जातजातिको महोत्सव र मेलामा सार्बजनिक बिदा दिने नजिर बसाएको छ ।
नेमान र दनुवार जातिको मंसिर २५ गत्ते कुनै पुर्खौली सम्बन्ध छैन । महोत्सव र मेलालाई सार्वजनिक बिदा दिने स्थानीय तह सरकारको गैरजिम्मेवारीपन हो ।
“नेमान” दनुवार जातिको मातृभाषाको शब्दै होईन । मंसिर २५ गत्ते न्वागिको लागि कृतिम दिन बनाएको हो । दनुवार जातिले न्वाङि मंसिर पुर्णिामा कटाउदैनन । समाज अध्ययन गर्नुहोस स्थानीय सरकार ?
बास्त्बिकता उदाङ्गओ बनाईदिन्छ भनेर सुटुक्क पत्रकार सम्मेलनमा नेमान भन्दै भ्रमको खेतीको भाष्य निर्माण गरि गोयबल्स शैलिमा कृतिम पर्व र चाड बनाउने हर्कत भयो ।
दनुवार खाना मेला महोत्सव लगाउदा नकारात्मक आलोचना गर्नु पटक्कै छैन । तर न्वाङीलाई कृतिम दिन घोषणा गर्नु यो आफैमा लज्जाबोध हुनु बाहेक केही छैन ।
६० बर्षमाथि बाचेका हाम्रा अग्रजलाई सोधौ “नेमान” भन्ने चाड तपाईंको हो भनेर सस्कृती अध्ययन खोज गर्नुहोस तपाईं नगरपालिकाको पनि कर्तव्य हो ।
निगाहाको सुझाबलाई सस्कृती बनाईदिने छुट सार्बजनिक बिदा दिएर नगरपालिकालाई छुट छैन ।
कार्तिक पुर्णिामादेखि मंसिर पुर्णिामाको कुनै दिन सामुहिक दिन बनाएर न्वागी (नयाँ अन्नपानी) खाने हाम्रो जातिमा आदिम सस्कार र प्रथाजनीत सस्कार हो ।यो नकार्न सकिँदैन । तर “नेमान” भनेर कुलपित्री , भुमिप्रकृती देउदेबीलाई सम्झी पुजाआजा मानभाउ गरि चढाईदैन ।
हाम्रो मातृभाषाको जातिय शब्द र सस्कृतिको गर्बमा रहदैन (नेमान पर्व । )
मातृभाषाको रुपमा पर्यायबाचिको रुपमा प्रयोग गर्ने दुस्साहस गरियो जुन इतिहास र पुर्खाको मातृभाषी हामी र हाम्रा जाति समुदायलाई परसस्कृतिको रसातलमा पुराएको छ, नेमानले । यो किमार्थ स्विकार्य छैन ।
सस्कृती बन्न पुर्खाको प्रचलन रहनु पर्ने हुन्छ तर मंसिर २५ गत्ते हाम्रा जाती समुदायको कुनै पर्व होईन यो त केबल मेला मात्र हो ।यसदिनलाई सास्कृतिक यश मान्न सकिँदन ।
(पन्तिकार यसै जाति समुदायको खोजकर्ता हुन् ।)