२८ आश्विन २०८३, बुधबार

उदयपुरमा वर्षाको सम्भावनापछि कटारी–घुर्मी र साउने–रसुवा सडकखण्डमा राति सवारी बन्द

साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै किसिमका सवारी साधन सञ्चालनमा रोक

संबाददाता: संघीय सम्बाददाता

उदयपुर ,८असोज । लगातार ठूलो वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लाका जोखिमयुक्त सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार २०८३ असोज ५ गतेदेखि असोज ११ गतेसम्म देशभर ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

वर्षाका कारण उदयपुर जिल्लामा समेत सडक तथा यातायातमा जोखिम बढ्न सक्ने देखिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय उदयपुरका  सिद्दिचरण राजमार्ग अन्तरगतको कटारी–घुर्मी सडकखण्ड र   सगरमाथा राजमार्ग दिक्तेल गाईघाट सडक खण्डको साउने–रसुवा सडकखण्डमा रातिको समयमा सवारी सञ्चालन गर्दा जोखिम हुने भएकाले आज बिहिवार  ८ गतेदेखि असोज १२ गते बिहान ५ बजेसम्म राति सवारी आवागमनमा रोक लगाइएको हो ।

सूचनाअनुसार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै किसिमका सवारी साधन सञ्चालनमा रोक रहनेछ। यो व्यवस्था जोखिमयुक्त सडकखण्डमा सम्भावित दुर्घटना तथा वर्षाजन्य क्षति न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जिल्ला प्रशासन कार्यालयले  उदयपुरको प्रमुख जिल्ला अधिकारी मेघराज मग्रातीले जानकारी दिनुभयो ।

प्रशासनले सम्भावित दुर्घटना तथा क्षति रोकथामका लागि पूर्वसतर्कता अपनाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। अत्यावश्यक सेवाका सवारी साधनले भने नजिकको सुरक्षा निकायसँग समन्वय सन्चालन गर्न सकिने जनाएको छ ।