२० माघ २०८२, सोमबार

नेपाली काग्रेसको उम्मेदवार बिदुर बस्नेत र रामकुमार राई

बस्नेत र राई काग्रेसको पुरानो हस्तिहरु हुन

संबाददाता: गाईघाट

नेपाली काङ्ग्रेस उदयपुरले प्रतिनिधि सभा सदस्यका लागि १ नम्बर क्षेत्रमा बिदुर बस्नेत र २ नम्बर क्षेत्रमा रामकुमार राईलाई टिकेट दिएको छ।
राई गत प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्रबाट बागी उम्मेदवार उठेका थिए भने बस्नेत प्रदेश सभाका लागि उदयपुर १ क बाट उम्मेदवार बनेका थिए ।

बस्नेत नेपाली काग्रेसका फ्रेस पात्र हुन भने राई चुनाबमा होमिएको पात्र हुन । राईलाई युबा नेताको रुपमा चिनिन्छ भने बस्नेतलाई जिल्लाको पुरानो नेता इमानदार पार्टी सदस्यको रुपमा चिनिएको छ ।
जिल्ला पार्टीमा बस्नेत अध्यक्ष र राई सचिब भएर कार्यसम्पादन गरिसकेको नेतामा पर्दछन । यी दुबै उम्मेदवार नेपाली काङ्ग्रेसका उदाउँदो नेता हुन ।