३० जेठ २०८३, शनिबार

रुखको हाँगाले लागि राईको मृत्यु

संबाददाता: Sanghiyarajya

डोनेखबर संम्बाददाता
उदयपुर,३० जेठ ।
उदयपुरको त्रियुगा नगरपालिका–७ पानीतारे स्थितको बागेश्वरी सामुदायिक बन उपभोक्ता समितिको रुख काट्ने एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङ हलेशी तुवाचुङ नगरपालिका ६ धितुङका २२ बर्षीय सरोज राई रहेको हो । उनी बन डिभिजन कार्यालय गाईघाटको रुख कटान आदेश अनुसार सामुदायिक बन क्षेत्रमा रुख काट्ने क्रममा आज आईतबार दिउसो रुखका हाँगाले लागी सरोजको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युको जानकारी लगतै घटनास्थल प्रहरी खटेको जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रमुख उपरीक्षक भीमबहादु्र दाहालले जानकारी दिए ।
मृतक राईको कानुनी प्रक्रिया र मृत्युको बारेमा थप अनुसन्धानका लागि प्रहरी तत्काल घटनास्थल परिचालन गरिएको उपरीक्षक दाहालले जनाएको छ ।