संबाददाता: संघीय सम्बाददाता
करेन्ट लागेर आज (मंगल्बार )साझ ६ बजे गाईघाटमा एक वृद्धको मृत्यु भएको छ ।
साझ पुजा गर्ने क्रममा बिधुत लाइन जोड्दै गर्दा त्रियुगा नगरपालिका ११ ज्योति टोलका ६५ बर्षिय बद्रीनारायण चौधरीको करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला अस्पतालका डाक्टर निर्मला चौधरीले जानकारी दिईन ।
प्रहरीले मृतको शब जिल्ला अस्पतालमा रहेकोे बताएको छ ।