३० जेठ २०८३, शनिबार

१७ दिनपछिको भोटिङ जिल्लाको मत बिबरण

चुनाबी बढ्दो चहलपहल

संबाददाता: उदयपुर

गाईघाट,१३ बैशाख । निर्बाचन ३० को  लागि जिल्लामा कुल जनसंख्या – ३ लाख ४२हजार ७ सय ७३ जनामध्ये पुरुष – १लाख ६५ हजार ३४जना र महिला १ लाख ७७हजार ७ सय ३९ जना रहेको छ । जसमध्ये जिल्लामा मतदाता २ लाख २३ हजार १ सय ३६ जना रहेको निर्बाचन कार्यालयको आँकडा(तथ्यांक)मा रहको छ ।

जिल्लामा ८ पालिका स्थानीय तह रहेका छ भने सो सबै पालिकामा पुरुष १लाख १२ हजार ८ सय ८५ जना र महिला – १ लाख १० हजार २सय ५१ जना छ । अन्य २ जना यौन अल्पसंख्यक रहेको समेत मुख्य निर्बाचन कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लाभित्र संघीय निर्बाचन क्षेत्र – २,प्रादेशीक निर्बाचन क्षेत्र –४ ,सोमा प्रादेशीक क्षेत्र २÷२ वटा निबाचन क्षेत्रमा ८ पालिका रहेको छ भने मतदान स्थल संख्या – ९८ , मतदान केन्द्र २५८ तोकिएको छ । निर्बाचनमा शान्ति सुरक्षाका लागि नेपाली सेना,शसस्त्र प्रहररी नेपाल प्रहरी ,म्यादी प्रहरी – १ हजार ५ जना परिचालन गरिने भएको छ ।

जिल्लाको पालिका संख्या – ८मा नगरपालिका ४ गाउँपालिका ४ रहेको छ । कटारी नगरपालिका ,उदयपुरगढी गाउँपालिका ,त्रियुगा नगरपालिका ,रौतामाई गाउँपालिक चौडण्डीगढी नगरपालिका ,ताप्ली गाउँपालिका, बेलका नगरपालिका लिम्चुङबुङ गाउँपालिका रहेको छ ।

त्रियुगा नगरपालिका (सदरमुका पालिका) सबैका आँखाको नानी बनेको पालिका हो यहाँ सबै भन्दा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।