संबाददाता: संबाददाता
एजेन्सी फागुण ३० । रुसले युक्रेनमा बिशेष सैन्य अभियान शुरु गरेपछि अमेरीका र युरोपले रुसमाथि प्रतिबन्ध लगाएपछि हाल सम्म ३ सय बिलियन अमेरीकी डलरको बिदेशी मुद्रा सञ्चिति जफत भएको रुसले बताएको छ । यो रकम रुसले प्रतिवन्ध नहटुञ्जेल परिचालन गर्न पाँउदैन ।
रुसी अर्थमन्त्री एन्टोन सिलुयानोभले यसमा केही सुन पनि रहेको बताएका छन् ।
रुसको बिदेशी मुद्रा सञ्चिति करीब ६४० बिलियन अमेरीकी डलर रहेको उनले बताए । त्यस मध्य ३ सय बिलियन सिज भएको अर्थमन्त्री सिलुयानोभले स्वीकार गरे ।
साथै पश्चिमाहरुले चीनलाई समेत रुससँगको व्यापार सीमित गर्न र युआनको कारोबार कम गर्न दबाब दिएको उनले बताए । तर पनि रुस र चीनको ब्यापार र रणनीतिक सम्बन्ध यथावत रहने र पश्चिमा बजार बन्द भएको अवस्थामा अझ बृद्धि हुने उनको भनाई छ ।
रुसले विदेशी सहायता र रिण सम्बन्धि सबै कारोबार रुबलमा गर्ने पनि जनाएको छ ।
रुसमाथि विश्वमा सबै भन्दा बढी प्रतिवन्ध पश्चिमाहरुले लगाएका छन् । यसबाट बच्न रुसले पहिलेदेखि तयारी गरीरहेकाले पनि उसँग अत्याधिक मात्रामा सुृन रहेको र अन्य वैकल्पिक विधिबाट अर्थतन्त्र चलिरहेको जनाईएको छ ।
उनले अब रुसले पनि विदेशी कम्पनीहरुको सम्पत्ति जफत गर्न सक्नेबारे सुझाव आईरहेको बताएका छन् ।