३० जेठ २०८३, शनिबार

साईकलमा समुन्द्र सहतदेखि सगरमाथासम्मको यात्रा

उदयपुरको बाटो साईक्लिङका लागि सहजता ः सब्रिना (फोटो फिचरसहित)

संबाददाता: यमन राईडोने

यमन राईडोने
उदयपुर, २७ फागुन ।
अष्ट्रिया नागरिक सब्रिना फिल्जमोस्टर महिला समुन्द्री सतहदेखि सगरमाथासम्मको यात्रा तय गरेकी छिन् । गत मार्च ४ मा उनले भारत कोलकत्ताको बोडास्थित समानजोरे ड्यामबाट साईकल यात्रा प्रारम्भ गरेकी थिईन् । उनको सातादिन लामो यात्रामा नेपालको तर्फबाट हर्क लामा र लक्ष्मी मगरले सब्रिनालाई गाईड गर्दै नेपाल भित्र्याएको हो ।

समानजोरे ड्यामबाट ८ सय पचास किलोमीटर लामो दुरी पार गर्दै उदयपुरको गाईघाट सदरमुकाम गए राती आईपुगेका थिए ।
बिना अक्सिजन सगरमाथा आरोहण गर्ने लक्ष्य अभियान लिएर साईकल यात्रा गरेकी सब्रिनाले बाह्र सय किलोमीटर लामो दुरी साईकलमा चढ्ने बताईएको छ । त्यसपछि सगरमाथा आरोहण दलमा मिसिएर उनी सगरमाथा यात्रामा निस्कीने जनाईएको छ । यसभन्दा पहिले नै मनास्लु हिमाल र आमाडम्जा हिमाल बिना अक्सिजन चढिसके छिन् ।

कोलकत्ताको समानजोरेदेखि सोलुखुम्बुको खारीखोलमा पुगेर साईकल यात्रा टुङगो लाग्ने भनि पहिलो पटक उदयपुरको सदमुकाम गाईघाटमा पत्रकार सम्मेलन गरि उनले जानकारी दिईन् ।

स्थानीय तथा बाह्रय पर्यटनका लागि साईक्लीङ उदयपुरको बाटो भएर जाने अपेक्षाले पत्रकार सम्मेलनको आयोजना गरेको हो । उक्त सम्मेलनमा सुदुर भबिष्यलाई सामुन्द्रीक सतहदेखि सगरमाथासम्मको साईकल रुट जिपिएस प्रणालीले (नक्सा तयार) हुने आशाले जिल्लामा पत्रकार सम्मेलन गरि जानकारी दिएको जिल्ला साईक्लिङ संघका अध्यक्ष जितु रोईलाले जानकारी दिए ।

सगरमाथासम्मका लागि उदयपुरको मात्र बाटो एक सय चालिस किलोमीटर रहेको अध्यक्ष रोईलाले बताए । जिल्लाको सुन्दरपुर,हडिया जोगीदह,गाईघाट,रिस्कूकटारी, बेतेनी र घुर्मी सुनकोशीसम्मको साईकल राईडिङ रुट तय हुँदा आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने अध्यक्ष अध्यक्ष रोईलाको दाबी रहेको छ ।

सरगमाथा आरोहण लक्ष्य लिएका सब्रिनाले सोलुको मेन्जोस्थित जुडो हाई अल्टीच्युट टे«निङ सेन्टर र एभेरेष्ट डोजो टे«निङ साथै नेपाल साईक्लिङलाई आर्थिक सहयोग जुटाई दिदै आएको समेत जानकारी दिए ।

सब्रिनाले ४ पटक जुडो खेल ओलम्पिकमा खेली ब्रोन्ज मेडल चुमी सकेकी छिन् भने यूरोपियन च्याम्पीयनसिप भई २ पटक गोल्ड मेडल हात पारिसकेकी उनी खेलाडीका अलाबा फिजिसियन चिकित्सक र पाईलट पनि हुन् । उनी नेपालमा अष्ट्रियाबाट बार्षिक ३÷४ पटक आउने जाने गरेकी छिन् ।

सब्रिनाको यात्रा इजिप्टको ब्लाक सीबाट गर्ने तय गरेको भए पनि रुस युक्रेन परिस्थतिले भारतको कोलकोत्ताबाट भएको हो