३० जेठ २०८३, शनिबार

दाबी गरेकाबाट पद छोड्दै तल्लो पदमा मनोनयन उम्मेदबार दर्ता

सहमतिमा कसरत गर्दै जिल्ला नेता

संबाददाता: संघीय समाचारदाता

नेकपा एमाले उदयपुरको ८ औ जिल्ला अधिबेशन  उद्घाटन सत्र आज शनिबार ११ बजेदेखी सुरु हुने भएको छ ।

देशब्यापी रुपमा जिल्ला अधिबेशनबाट एमालेमा नया तथा पुरानो अनुहारका नेतृत्व आउने एमालेले जनाएको छ । जिल्लाको हकमा नयाँ अनुहार र युबाको संख्या बढी आउनेमा जिल्ला तहका नेताहरुका दाबी रहेको छ । अधिबेशनको पुर्ब सन्ध्यामा अध्यक्षका पदमा दाबी गरेकाहरु सो मुनि पदका लागि मनोनयन दर्ता गरेका छ्न ।

उदयपुरका लागि भने पुरानै अनुहारका अध्यक्ष हुने प्रबल संभावना रहेको देखिन्छ भनी उनी निटकका एक नेताले बताए । प्रत्यासि पदमा पुरानालाई होईन नयाँ  अनुहार आउने उनिहरुको दाबी रहेको एक नेताले बताए । जिल्लाका एमाले पाका नेताहरुले भने आकान्क्षी पदकालागी दाबी गरेका नेताहरुलाई सर्बसम्म्तिबाट नेतृत्व चयनमा कसरत भैरहेको जनाएको छ ।