संबाददाता: Sanghiyarajya
डोनेखबर संम्बाददाता
उदयपुर,१८ असार ।नेकपा एमाले त्रियुगा नगर कमिटीको सदस्य एवम् समाजसेवी अमृत खड्काको मंगलबार असामयिक निधन भएकाे छ ।
लगभग २५ दिन अघिदेखि स्वास्थ्यमा समस्या आएपछि खड्कालाइ काठमाडौँको मेडिसीटी अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो । खड्का नेपाल निर्माण व्यवसायी संघ उदयपुरको सचिब समेत रहेका थिए।
खड्काको मंगलबार नै अन्त्येष्टि गरिएको छ । उनको शवमा नेकपा एमाले त्रियुगा नगर कमिटी अध्यक्ष सिर्जना दनुवारले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएकी थिईन् ।
व्यवसायी ,समाजसेबी र राजनिति सँगै अगाडी बढेका खड्का निर्माण व्यवसायी संघमा रहेर कार्यगर्दै आएका थिए । सबैसंग मिलनसार भएर बसेका खड्का नेकपा एमालेबाट राजनितिमा प्रवेश गरेका थिए । उनका शुभेच्छुकहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।