३० जेठ २०८३, शनिबार

गोर्खा वेल्फेयरद्वारा कटारी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

संबाददाता: Sanghiyarajya

१ असार २०७८- गोर्खा वेल्फेयरले कटारी नगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको अक्सिजन कन्सन्ट्रेटेड लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार गोर्खा वेल्फेयरले अक्सिजन कन्सन्ट्रेटेड, अक्सोमिटर, पिपिइ कटारी नगरपालिकालाई उपलब्ध गराएको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ ले जानकारी दिनु भयो ।

कटारी नगरपालिका स्वास्थ्य शाखा संयोगक शुरेसकुमार दाहालका अनुसार अक्सिजन कन्सन्ट्रेटेड पाँच थान, पिपी थान दुईसय थान, अक्सोमिटर १५ थान गोर्खा वेल्फेयरले सहयोग गरेको दाहाले बताउनु भयो ।