संबाददाता: Sanghiyarajya
१ असार , गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई तत्काल राहत पुग्नेगरी विभिन्न निर्णय गर्दै प्रदेशमा खुशी प्रवाह गरेका हुन्।
नेपाली कांग्रेस कास्की जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेका अनुसार प्रदेश सरकारले महिलाका सम्बन्धी हुने सम्पूर्ण खाले क्यान्सरको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशबासीलाई उत्साहित बनाएका छन्।
‘गण्डकी प्रदेशका सबैलाई कोरोनावि’रुद्धको खोपको व्यवस्था गर्ने, सबैको बिमाको जिम्मा सरकारले लिने, कोरोनाबाट ज्यान गुमाएका परिवारलाई राहत स्वरुप ५० हजार रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारको तयारी छ,’ नेतृ पाण्डेले भनिन्।
त्यसैगरी, आमाबुवा गुमाएका बच्चालाई मासिक ५ हजार रुपैयाँ दिने र बाँकी राहतका कार्यक्रम नीति तथा कार्यक्रममार्फत् आउने पाण्डेले बताएकी छिन्।
नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता पोखरेल शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।