संबाददाता: Sanghiyarajya
डोनेखबर सम्दाददाता
उदयपुर १ असार । बेलका नगरपालिकाले संचालनमा ल्याउन लागेको अक्सिजन प्लान्टका लागि उदयपुरको त्रियुगा.मा.बि.गाईघाटको २०५४ सालको SLC ब्याजीका जागरुक साथीहरू मिलेर ( दश हजार चौवन्न) नगर प्रमुख दुर्गा कुमार थापा लाई हस्तान्तरण गरेको छ ।
भुतपुर्व विद्यार्थिले देश तथा विदेशमा रहेका विद्यार्थीबाट रकम संकलन गरि अक्सिजन प्लान्टका लागि हस्तान्तरण गरेको संयोजक सन्तोष तुलाधर ले बताए ।उक्त हस्तान्तरण कार्यक्रममा पूर्व विद्यार्थी सन्तोष तुलाधर।अच्युत भट्टराई नारायण पोख्रेल उपस्थित भएर प्लान्ट निर्माणका लागी सहयोग रकम प्रधान गरेको हो ।
नगर प्रमुख दुर्गा कुमार थापाले भुतपुर्व विद्यार्थीले गरेको यस्तो कार्य प्रशंसनिय रहेको बताउदै उक्त ब्याजी सबैको उन्नतिकोको कामना सहित हार्दिक शुभकामना दिनु भयो !
जिल्ला प्रशासन कार्यालय उदयपुरले निषेधाज्ञा जारी गरेपछि केहिदिन अघि त्रियुगा नगर क्षेत्रको बडाहरुमा समस्यामा रहेका गरीब तथा अति बिपन्न घर परीवारलाई पूर्व बिधार्थीहरुले राहत बितरण गरि सकेको छ ।सोमबार पनि विद्यार्थिले थप २२ घरमा रासन बितरण गरिएको बिधार्थी समुहका सदस्य कुमार मोतेले जानकारी दिनुभयो ।।
पछील्लो समयमा २०५४ सालको SLC ब्याजीका जागरुक विद्यार्थिहरुले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने समेत सदस्य मोतेले बताउनु भयो