३० जेठ २०८३, शनिबार

उदयपुरको बेलकाका कबिता सुनुवारको हत्यारा सार्बजनि

भारतको सिक्कीम राज्यको बियुङल घर

संबाददाता: यमन राईडोने

उदयपुर, २३ चैत्त ।
उदयपुरको बेलका नगरपालिका – ३ का १६ बर्षिया छात्रा कबिता सुनुवारको हत्यामा संलग्न एक यूबा र अर्की किशोरीलाई प्रहरीले आज (बुधबार) पत्रकार सम्मेलन सार्बजनिक गरेको छ ।
आफनै कक्षामा अध्ययनरत १७ बर्षिया बालिका परिवर्तन नाम (क) ढकाल गरेकी र उनका दाजु १९बषर््ीय बिनोद ढकालले बियरको बोतल प्रहार गरि हत्या गरेको छ ।
मंगलबार( हिजो) पौने सात बजे बेलका नगरपालिका बडा नम्बर ३ डंगटोल स्थित यशोधा खोलामा शंकास्पद अबस्थामा मृतकको शब फेला परेको थियो ।

प्रहरीले शब पहिचान कबिता सुनुवारको भएको पत्ता लगेपछि अनुशन्धान पछि नियन्त्रण लिएका मृतककै कक्षाकी सहपाठी रहेको खुलेको थियो । आरोपित बालिकाले मृतक सुनुवारले आफूलाई कक्षामा होच्याउने चिड्याउने,र आघात पर्ने कुरा गरेको र सोही कुरालाई रिसीईबीले आफूले दाजुलाई भनेर सुनियोजित रुपमा हत्या गरेको प्रहरीसामु स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयको प्रमुख उपरीक्षक शुवाषचन्द्र बोहोराले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

आरोपित बालिकाको दाजु भारतको सिक्कीम राज्यको बियुङल घर भई हाल एक बर्षदेखि उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ किराँत चोकमा आफ्नै काका जितबहादुर ढकालको घरमा बस्दै आएको थियो । आरोपित बालिका s उनको दाजु बिनोद र मृतक कबिता एसइइ परिक्षाका तयारीका लागि ट्यूसन कक्षा समेत संगै गर्दै आएका थिए ।

बिद्यालय जार्दै गर्दा बाटोमा भेटिएको खाली बियरको बोतलले बिनोदले कबिताको टाउकोमा पछाडिबाट प्रहार गरेपछि घाईते भएकोले अन्य मानिसले थाहा पाउछ भन्ने ढुगाले समेत प्रहार गरेको हत्या गरेको भनि स्वीकार गरेको प्रहरीले जनाएको छ ।मृत्युपछि शबलाई ४० मीटर घिसार्दै यशोदा खोला नजिक रहेको गोलिया काठ छेउमा राखी फरार रहेका थिए ।

आरोपित बिनोद ढकाल र आरोपित बालिकालाई मृतकका बुवा कृष्णबहादुर राईले किटानी जाहेरी मंगलबार नै गरेका थिए । उनीहरु दुबै जनालाई जिल्ला अदालतले बिनोदलाई ७ दिन र बालिका सरितालाई ५ दिन म्याद थप गरि अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी प्रमुख एस्पी बोहोराले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

स्थानीय यशोधा खोलामा सुनुवारलाई आफ्नै कक्षामा पढ्दै आएका साथीले ढुंगा प्रहार गरि हत्या गरेको हो । कोशी जनता माबिमा अध्ययनरत छात्रा बिनोद ढकाल र सरिता ढकालले ढुंगाले टाउकोमा प्रहार गरि हत्या भएको प्रहरीले जनाएको छ ।छात्रा सुनुवारको शब पहिचान भएको डेढ घण्टा नबित्दै अपराधी नजिक पुगेर उनीहरुलाई प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयका एस्पी शुबाष चन्द्र बोहोरालो बताउनुभयो ।

कृष्णबहादुर सुनुवारको २ छोरी १ छोरा रहेको छ । जेठी छोरीको बिबाह भैसकेको र कबिता कान्छी छोरी हुन भने एक भाई छोरा रहेको जनाईएको छ ।यशोधा खोलाको किनारमा रहेको डंगालटोलमा स्थानीयले शब देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

बिहान फोन गरेर कबिताका साथी सरिता खत्रीले बोलाएर संगै ट्युसन पढ्न गएका उनीहरुसित सरिताका दाजु बिनोद पनि गएका थिए । उनीहरुको केटीका बिषयमा बिबाद पश्चात खत्री दाजु बहिनीले ढुंगा प्रहार गरि ज्यान लिएको जनाईएको छ ।
उनीहरु एउटै बिधालयका एसइइका बिद्यार्थी रहेका छन् ।