संबाददाता: यमन राईडोने
उदयपुर, ११ चैत्र ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा राम्रो उपचार नेपाल मै हुने बताउनुभयो । आफुले मृगौला जस्तो संबेदनशील उपचार नेपालमै गरेको र सबैभन्दा राम्रो यही भएको दाबी गरे ।
पहिलो पटक भारतमा गरे पनि फेल भएकोले दोस्रो पटक नेपालमै गरेर आफू अहिले १८ घण्टासम्म दैनिक काम गर्न सक्षम र स्वस्थ्य भएको बताउनुभयो ।
उदयपुरको मदन भण्डारी आँखा अस्पताल समुउद्घाटन गर्न आएका ओलीले रिवनकाटी, बृद्धबृद्धाहरुका आँखाको पट्टी खोली र बिरुवा रोपी अस्पतालको सेवा र समुद्घाटन गर्नुभएको थियो ।
“मोतिबिन्दु तथा आँखाको मेजर प्रकृतिका अप्रेशन अब उदयपुर गाईघाट मै हुनेछ । जिल्लालाई मृगौला डाईलासिस सेन्टरको रुपमा बनाउन पहल गरिने नेत्र ज्योति संघ उदयपुरको अध्यक्ष भागवत राउतले उद्घोष गर्नुभएको छ ।
जिल्लामा बिगत १८ बर्ष पहिले भाडाको घरबाट सामान्य उपचारदेखि सेवा दिदै आएको भएता पनि हाल सुबिधा सम्पन्न भबनमा सेवा दिन पाएकोमा नेत्र ज्योति संघ उदयपुरका अध्यक्ष राउतले बताउनु भयो ।

आँखाको रेटिना अप्रेशन बाहेक अन्य सबै मेजर प्रकृतिका अप्रेशन तथा उपचार गरिने सेवाले जिल्लाको र छिमेकी जिल्लाका सेवाग्राहीहरु लाभाम्भित हुने बताउनुभयो । कार्यक्रमा नेपाल नेत्र ज्योति संघका केन्द्रिय अध्यक्ष, आखा रोग बिशेषज्ञ र स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।
अस्पताल ४ करोडको लगानीमा सम्पन्न भएको अध्यक्ष राउतले बताउनुभयो । फुटेज एफटिपीमा छ ।