३० जेठ २०८३, शनिबार

उदयपुरको आँखा अस्पताल भोलिदेखि संचालनमा आउने

४ करोड बराबरको बजेट खर्च

संबाददाता: यमन राईडोने

उदयपुर, १० चैत्त ।
उदयपुरको मदन भण्डारी आँखा अस्पताल उद्घाटनको पूर्व सन्धामा नेपाल नेत्र ज्योति संघ उदयपुरले पत्रकार सम्मेलन गरि सबै प्रक्रिया पुरा भएको जनाएको छ ।
जिल्लाको आँखा अस्पताल बिधिबत समउद्घाटन भोलि (शुक्रबार) नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने पत्रकार सम्मेलन गरि जनाकारी दिईएको हो ।

आज बिहिबार बिहान ९बजे अस्पतालकै परिसरमा पत्रकार सम्मेलन गरि भौतिक पूर्वाधारसहित मेजर आँखा उपचार सेवा भोलिबाट नियमित हुने नेत्र ज्योति संघ उदयपुरको अध्यक्ष भागवत राउतले बताउनुभयो ।

जिल्लामा २०६० सालमा स्थापना गरेको नेत्र ज्योति संघले २०६५ सालबाट आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । नेत्र ज्याति संघ र सगरमाथा चौधरी आँखा अस्पतालको प्राबिधिक सहयोगमा भाँडाको भबनबाट हालसम्म जिल्लाबाट १ लाख ७० हजार पाँच सय २८ जनाले सेवा लिईसकेको जनाएको छ । जसमध्ये ९२ हजार ९ सय ९९ जना महिला र ७७ हजार ५ सय २९ जना महिला रहेका थिए भने २७ हजार २ सय ५९ जना बालबालिका रहेको अस्पतालले जनाएको छ ।

उद्घाटन उन्मुख सुबिधा सम्पन्न भवनबाट आँखाको जटिल प्रकारको रेटिना अप्रेशन उपचार बाहेक सबै प्रकारको उपचार सेवा प्रदान गरिने अस्पतालमा कार्यरत डाक्टर मुराहली तिम्सिनाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा अस्पतालका लागि चाहिने सबै प्रकारका भौतिक पूर्वाधार,उपचारको लागि प्राबिधिक डाक्टर र मेसिन प्रबिधीहरु सबै अस्पतालले सरकारी तथा दातृनिकायबाट उपलब्ध भएको अध्यक्ष राउतले बताउनु भयो । रहेको संघले जनाएको छ । अस्पताल निर्माणका लागि तात्कालिन सभासद मञ्जुकुमार चौधरी निर्बाचन पूर्वाधार बिकास कार्यक्रमको ४० लाख,नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट २ करोडको उपकरण ,जापानिज राजदुताबासबाट ग्रास रुट कार्यक्रम जीजीपीबाट ९० लाख ५० हजार प्रादेशीक सरकारबाट ५० लाख सहयोगले अस्पताल भबन निर्माण र उपकरण जोडेको अध्यक्ष राउतले पत्रकार सम्मेलन मार्फत जनाकारी दिनुभयो ।

त्यसैगरी मदन भण्डारी लोकमार्गबाट १ सय ८० मीटर लामो कालेपत्रे सडक अस्पलाका लागि निर्माण भएको र गाईघाट दित्तेल सडक खण्डको बोक्से बासबारीबाट बैकल्पिक सडकमा प्रादेशीक सरकारबाट ३२ लाखको सडक निर्माण हुने भएको छ । दातृ निकाय र नेपाल सरकारको अनुदान ४ करोड बराबरको बजेट खर्च भएको अस्पताल संचालक समितिका अध्यक्ष राउतले बताउनुभयो ।

अस्पतालमा डिस्पोजल भट्टी र क्यान्टिन निर्माण हुन बाँकी रहेको अन्य मेजर अप्रेशनका लागि चाहिने सबै औजार मेसिन (उपकरण)बाट सेवा सुचारु उद्घाटन पश्चात भोलिबाट हुने आँखा अस्पताल संचालन समितिले जनाएको छ ।