संबाददाता: संघीय सम्बादाता
गाईघाट / एमालेको ८ औ जिल्ला अधिबेशनबाट कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई जिल्ला पार्टी कमिटिमा उपाध्यक्ष पदमा सर्बसम्मतिले निर्बाचित गराउन पश्चिमी क्षेत्रका नेता कार्यकर्ता र अधिबेशन प्रतिनिधिहरुको जोडबल रहदै आएको छ ।
जिल्लामा २ संघीय निर्बाचन क्षेत्र रहेको छ ।पश्चिमी निर्बाचन क्षेत्रको निकै लोकपृय नेताको छवि बनाउन सफल नगर प्रमुख श्रेष्ठलाई एमाले ८ औ अधिबेशनले क्षेत्रगत नेतृत्वका लागि भए पनि उपाध्यक्ष पदमा निर्बिरोध निर्बाचित गराउनु पर्ने सोही क्षेत्रको प्रतिनिधि शुरेशकुमार राईदनुवारले जानकारी दिए ।
जिल्लाको कटारी क्षेत्र तथा पश्चिमी क्षेत्रलाई एमाले जिल्ला पार्टी बलियो बनाउन श्रेष्ठले निकै दुख गरेको सोहि भुगोलका प्रतिनिधिहरुले बताएका छ्न । नेकपा बिभाजनको संघारमा पार्टी आईपुगेको बेला उनी मात्र एक एमालेका प्रस्तावित केन्द्रीय सदस्यमा सो क्षेत्रबाट परेका थिए ।
श्रेष्ठ जिल्ला पार्टीमा सर्बसम्म्तिले निर्बाचित भएमा निर्बाचन क्षेत्र नम्बर २ का लागि निकै बलियो र संगठनका लागि कोशेढुङ्हा हुने प्रतिनिधिहरुको दाबी रहेको राईदनुवारले डोनेखबरलाई जानकारी गराए ।
अध्यक्षमा दाबी गरेका कुशल बाबू बस्नेत ब्याक हटेर परमेश्वर घिमिरेको अध्यक्ष पदमा बलियो भएको उनी निकट स्रोतले जनाएको छ । जिल्ला नेतृत्वका लागि कालू लामा ,खड्ग परियार र सर्बसम्ममतिबाट निबर्तमान अध्यक्ष ईश्वर मणि राउतले पनि लबि अगाडि बढाईरहेको जनाएको छ। संकटका बेला पार्टिलाई हाक्ने नेता र नेतृत्व चाहिएको बेलामा इतर पार्टी र बिचार लिएकालाई अहिले खाचो नभएको घिमिरे समर्थकले बताए ।