३० जेठ २०८३, शनिबार

ब्यारेजमा नेपालले हाम फाले

ब्यारेजको ५२ नम्बरको ढोकामा

संबाददाता: यमन राईडोने “ औलोविजय “

मंसिर २०७८-सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित ब्यारेजको ५२ नम्बरको ढोकामा झापाको दमक नगरपालिका–६ का ४५ वर्षीय सुभाष नेपालले हाम फालेका छन् ।

शनिवार दिउँसो हाम फालेर वेपत्ता भएका नेपालको शव बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले जानकारी दिए । ‘दिउँसो पौने १२ बजेतिर नेपालले नदी हामसँगै खोजतलाश थाले, सोही क्रममा दिउँसो साढे २ बजेतिर उनको शव बरामद भयो’ उनले भने–‘यद्यपी, के कति कारणले उनले हाम फालेको रैछ। अहिले खुल्न सकेको छैन ।’