३० जेठ २०८३, शनिबार

सहारा फाउण्डेशनको सहयोग पुष्पा नेपालीको परिवारलाई

संबाददाता: Sanghiyarajya

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्ब १५ की पुष्पा नेपालीको परिवारलाई सहारा फाउण्डेशनले सहयोग उपलब्ध गराएको छ ।एक भाई चार बैनी छोरी रहेकि ३१ बर्षिया पुष्पाले सात बर्ष अघि श्रीमान गुमाएकी थिईन, गत मंसीर महिनामा ट्याक्टरमा ज्यामी काम गर्ने छोरा गुमाएकी पुष्पाले दमका रोगी आफ्नो बुवालाई गत चैतमा गुमाउन पुगीन । श्रीमान, माईतीका बुवा र आफ्नो सहारा छोरा एक पछि अर्को गर्दै गुमाएर वेसाहारा झै हाल चार छोरीका साथ पुष्पा एक्लो घरमा बस्दै आएकी छिन् । वुबाले बनाएको घर पनि पानीले चुहुने छ, रोजीरोटी गरेर जीविका चलाउनको लागि कुनै माध्यम छैन ।

अझ लकडाउनका कारण चामलको गेडो देखि नुन तेल सम्मको अभावमा भोकै रहदै आएकी पुष्पा र उनका छोरीहरुको लागि सहारा फाउण्डेशनले आईतबार खाद्यन्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । पुष्पा नेपालीका बारेमा केहि साता अघि मात्रै जानकारी पाए पछि सहारा फाउण्डेशनका प्रतिनिधि सम्झना तामाङ, विश्वराज तामाङ र स्वंमसेवक आयुस राई सहितको टोलीले खाद्यन्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएको फाउण्डेशनकी प्रतिनिधि सम्झना तामाङले बताउनु भयो ।

रोजीरोटीको अभावमा जीविका चलाउननै मुस्कील भईरहेको समयमा सहारा फाउण्डेशनबाट सहयोग प्राप्त भयो उनले खुसी व्यक्ति गरिन । गरिबिका कारण भएको निधन भैसक्नु भएको बुवाको नाममा थोरै भएको जग्गा बेचेर छोरीहरुको पढाई र जिविका चलाउने मात्रै विकल्प सोचेकी पुष्पालाई सहारा फाउण्डेशनले सहयोग पु¥याउने प्रतिबद्धा जनाएको छ । चार छोरीहरुको शिक्षा, जिविकोपार्जन र व्यवस्थित घर निर्माणको लागि फाउण्डेशनले आवश्यक सहयोगको लागि पहल गर्ने फाउण्डेशनकी प्रतिनिधि सम्झना तामाङले जानकारी दिनु भयो । पुष्पालाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री फाउण्डेशनका आजीवन सदस्य हाल बैदेशिक रोजगारीको शिलसिलामा दुबईमा रहनु भएका दिलु आलेको सहयोगमा सहयोग उपलब्ध गराईएको हो ।