२८ आश्विन २०८३, बुधबार

असार १५ को अवसरमा किसानलाई ट्रयाक्टर

संबाददाता: Sanghiyarajya

१५ असार । असार १५ को अवसर पारी उदयपुरका किसानहरुलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । विशेष गरी व्यवसायिक रुपमा खेती गर्दै आएका कृसकहरुलाई कृषि ज्ञान केन्द्र उदयपुरले १३ वटा कृषि समूह र ३७ किसानलाई ट्रयाक्टर वितरण गरिएको हो ।

किसानहरुलाई खेतबारी जोत्न सहज होस् भन्दै अनुदानमा उपकरण वितरण गरिएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।किसानको मागअनुरूप २४ हजार ६ सय २५ पर्ने ब्रस कटरदेखि पावरको आधारमा ६८ हजार ९ सय ५० देखि १ लाख ८७ हजार १ सय ५० रुपैयाँ पर्ने मिनीटिलर उपलब्ध गराएको ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।

हस्तारतरण कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले कृषिलाई प्रविधिसँग जोड्नुपर्ने बताए । उनले निर्वाहमुखी नभई व्यावसायिक उत्पादनमा जोड दिनुपर्ने बताउँदै कृषि विमालाई पनि प्राथमिकता दिनुपर्ने बताए । अनुदान दिँदा मात्र उत्पादन नबढ्ने हुनाले कृषिलाई प्रविधिमैत्री बनाउँदै व्यावसायिक उत्पादनमा किसानले जोड दिनुपर्ने उनले बताए । तेस्तै परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्न सके उत्पादनमा वृद्धि गर्न कृषिमा यान्त्रिकीकरण अभियान थालेको कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख महेस चौधरीले जानकारी दिए ।