संबाददाता: Sanghiyarajya
सप्तकोशी ,१ असार । पहाडी क्षेत्रमा भइरहेको वर्षाले सप्तकोशी नदीको चतरा तथा सहायक नदीहरुमा पानीको वहाव
वढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
मंगलबार विहान गरिएको मापदनअनुसार ९७ हजार क्यूसेक नाघेको छ ।प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी जवान भोला कुमार तामाङले दिएको जानकारी अनुसार विहान ९ बजेतिर ९७ हजार २४० पानीको वहाव मापन गरिएको हो । पानीको वहाव उच्च हुने भएकाले सबै सजग रहन तामाङले आग्रह गरेको छ ।