२८ आश्विन २०८३, बुधबार

त्रियुगा नगरपालिकाको सुगमटोल, धुले सडक र टोलबासीको जागर

त्रियुगा नगरपालिकाको सुगम मार्ग दुर्गम मार्गमा परिणत

संबाददाता: संघीय सम्बाददाता

गाईघाट,२८असोज।
बिहानी युवा क्लब सुगम टोलका स्थानीयबासीले श्रमदान गरि सडक सफाईमा जुटेका छ्न । त्रियुगा नगरपालिका-१० सुगम टोलबासीले सडक किनाराको झाडी,मठमन्दिर,सडकनाली,खाल्डाखुल्डी पुर्ने कामको जागर बिहानदेखि चलाएको बिहानी युबा क्लबको अध्यक्ष शक्ति राईले जनाकारी दिए ।

मदन भण्डारी राजमार्ग सडक खण्डको बासबारीस्थितको हिमालय होटल एण्ड रिसोर्टस्थितको सुगमटोल प्रबेशद्वारको सडकमा टोलबासीहरुले आज सरसफाइ गरेको स्थानिय शरण राईले बताए । “हिमाल होटेल एण्ड रिसोर्टका प्रोपाईटर पुरुषोत्तम लम्सालले आवाश्यक ढुङ्गा, बालुवा र सिमेन्ट उपलब्ध गराउने भएकोले प्रबेशद्वारस्थितको साघुरो सडकलाई चौडा बनाउने काम बिहानैबाट श्रमदान गरेका छौ । र, टोलबासीहरुको अनुरोधलाई रिसोर्ट संचालक लम्सालले काम गर्ने बाताबरण बनाएको हो। हामि उहाँबाट खुशी छौ, उनले भने ।”

१० नम्बर वडाका जनप्रतिनिधि र नगरपालिका दायित्वभित्र पर्ने काम भएपनि आवाश्यक बजेट बिनियोजन नहुदा धुलो सडकको खाल्डोखुल्डि आफै टोलाबासी गाउलेहरु मिलेर प्रत्येक शनिबार गर्ने गरेको अर्का स्थानिय मकरध्वज तामाङले बताए ।

टोल बिकासको लागि “वडा कार्यालयमा बजेट दिन आग्रह गरे पनि वडाले चासो नदिएको र सुगमटोलको दुईवटा सडकमध्ये एक सडक बर्षौबितिसक्दा समेत ग्राबेल हुन सकेको छैन, यो दुखको कुरा हो,भन्दै गुनासो पोखे, हाम्रै टोल बिकासको अध्यक्ष शुरेश कार्कीको घरदेखि जङ्गशेर राईको घरसम्मको सुगममार्ग भनेको त्रियुगा नगरपालिकाको कर्णालीकै बाटोबराबरको जस्तो देखिन्छ, जहाँ हिलो, धुलो मात्र छ ,ग्राबेलसमेत छैन ।”

चाडपर्ब र बर्खामा हिडिनक्नु हुने धुलेहिले सडकमा नगरपालिकाको जनप्रतिनिधिहरु कसैको आँखा नपुग्नु बिडम्बना हो । राजमार्गले छोएको ३ सय मिटर लामो भित्री टोलप्रबेश सडकको कन्त बिजोग रहेको टोलबासी जङ्गशेर राईले दुखेसो पोखे,यहाँ नाली टुटेफुटे बिग्रेको छ , ग्राबेल समेत छैन । यो सडक कस्ले बनाउने भन्दै प्रश्न उनले गरे …?”

सडकमा ग्राबेल छैन , कालोपत्रे त जनप्रतिनिधि र नेताहरुको बिकास गर्ने सोच नै छैन?! हामिलाई चुनाबमा बाटो बनाईदिनेभन्दै निकै नेताहरु आए तर कसैले बजेट बिनियोजन गरिदिएनन भन्दै स्थानिय कल्पना मोतेले गुनासो पोखिन् ।
चुनाब आउदैछ भन्ने सुनेको छु, नेताहरु गाउँ प्रबेश नगरे हुन्छ अब । किनकी नेताले भाषणमा मात्र बिकास गर्छ,काममा होईन रहेछ, सुगमटोलको दुर्गम मार्ग बनेको छ, यस्को जिम्मेवारी को भन्दै गर्जिईन ?

जनप्रतिनिधिहरुका नजर यहाँको नाली,बाटोपिच गर्ने कसैको सोच नभएको टोलबासिहरुको व्यापक गुनासो रहेको छ ।
नगरपालिकाको मेयर,उपमेयरलाई सुगमटोलको दुर्गम धुलेसडकलाई स्तर उन्नत गर्ने बजेट ब्यबस्थापन गर्न १० बर्ष भयो तर बाटो बनेन भन्दै स्थानिय टोलाबासीले रोष प्रकट गरे ।

सुगमटोलको सुगममार्गलाई दुर्गम बनाउने कि सुगममार्ग कालोपत्रे बनाउने भनेको जनप्रतिनिधिकै पहल हो । वडाले बेवास्था गरेको छ,नगरपालिकाले पनि बेवस्था नै गर्ने हो भने आगामी चुनाबमा नो भोट अपनाउनु पर्ने बाध्यता भएको अर्का स्थानियबासिले आक्रोशित मुद्रामा अभिब्यक्क्ति दिए ।

स्थानिय बिकासमा “स्थानीय सरकार प्रमुख, उपप्रमुख ,वडाध्य्क्ष र सदस्यहरुले चासो नदिए प्रदेश र संघ सरकारको जनप्रतिनिधिहरुले त उतिबेला(निर्बाचताका) नै भाषणामा मात्र बिकास गरिसकेका हुन् त ?!” तर,भौतिक रुपेण बिकासमा अझै पर्खिरहेको सुगम मार्ग र टोलबासी रहेको छ ।