२८ आश्विन २०८३, बुधबार

सप्तरीमा ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

कर्णलाई ५ दिन म्याद थप ,अनुसन्धान जारी

संबाददाता: सम्बाददाता

सप्तरी ,८ असोज ।  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–१ का ४५ वर्षीय राजेश कुमार कर्णलाई पक्राउ गरेको छ।

बालिकाका आफन्तले गत असोज ५ गते कर्णविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। घटनापछि फरार रहेका कर्णलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका कर्णलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखी बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।