२८ आश्विन २०८३, बुधबार

उदयपुरमा धारिलो हतियार प्रहारले श्रीमतिको हत्या

रक्सीको आक्रमणले ज्यान गयो

संबाददाता: सम्बादाता

 

उदयपुर ,४ असोज । गए राती उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. २ डाँडागाउँका ५८ बर्षिय गन्दु राम राईले मादक पदार्थ सेवन उनकी ४५ बर्षिया श्रीमती बिमला राईको हत्या गरेको छ । घरायसी बिबादले उग्ररुपलिदा धारिलो हतियार सिकल (हँसिया) ले गर्दनमा प्रहार गरी घाइते भएकी थिईन ।

घटना घटेका सूचना आफै आएर प्रहरीलाई जानकारी दिए लगतै उनलाई अस्थाई प्रहरी पोष्ट माडिबासले नियन्त्रणमा लिएका थिए ।

तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राईलाई राखी घटना स्थलमा घाईते उनकी श्रीमति बिमलालाई उपचारका लागि नगर अस्पताल बेल्टार ल्याईएको थिए ।

अस्थायी प्रहरी बिट माडिबासबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल बेल्टार पठाएकोमा उपचारको क्रममा ०१:१५ बजे चिकित्सकले मृत घोषणा गरेको थिए ।

घटनाको कानुनी प्रक्रिया र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।