२८ आश्विन २०८३, बुधबार

कटारीमा १८२ किलो गाँजा बरामद

बेबारिसे अबस्थामा भारी मात्रको गाजा

संबाददाता: सम्बादाता

कटारीमा १८२ किलो गाँजा बरामद

सम्बाददाता

उदयपुरको कटारी नगरपालिका–६ स्थित भुसुने जङ्गलबाट प्रहरीले १८२ किलो लागूऔषध गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बुधबार राति करिब ७ः३० बजे जङ्गलस्थित खाली जग्गाको झाडीमा बेवारिसे अवस्थामा राखिएको गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार ९ वटा बोरामा राखिएको अवस्थामा १८२ किलो गाँजा फेला परेको थियो। बरामद गरिएको गाँजा कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।