संबाददाता: सम्बादाता
जन्मदिनको अबसरमा गाईघाटको स्थानीय व्यापारीले प्रचण्ड गर्मीमा महि खुवाउदै आफ्नो जन्मदिन मनाएको छ । आफ्नो पसल अगाडि एक ब्यानर लगाई ४६ औ जन्मोत्सवको अबसर पारेर गाईघाटबजार आएको सर्बसाधरणलाई गर्मीमा महि खुवाउदै आउनु भएको छ ।
“हाम्रो मौलिक खानपानलाई संरक्षण गरौ ,स्वास्थ्य र आत्मनिर्भर बनौ ” नाराको साथमा स्थानीय समाजसेवी तथा ब्यापारी बिनोद प्रसाद गुप्ताले महि बितरण गर्नुभएको छ ।
प्रत्येक बर्षको जन्मोत्सवको दिन गरिब ,असायलाई लत्ताकपडा खाध्यान्न बितरण गर्दै आउनु भएको थियो भने ४६ औ जन्मदिनको अबसरमा गाईघाटको गर्मीमा सर्बसाधरण तथा स्थानीय इष्ट्मित्रहरुलाई महि खुवाउदै बिहानदेखी नै महि खुवाउने कार्यक्रमगरि खुशी साटासाट गर्दै आउनुभएको छ ।
सामाजसेवी गुप्ताको जन्मदिनमा महि खादै हयाप्पी बर्थडे भन्दै उहाँलाई आशीर्वाद दिएको हो ।
बैधनाथ गुप्ताको दुई छोरा र दुई छोरी मध्य बिनोद जेठो छोरो हुन ।
स्थानिय महिलाई प्रबर्द्धन गर्ने स्वस्थ हुने हुँदा यो गर्मीमा सबैलाई महि खुवाउन पाउदै जन्मदिको खुशी साटा गर्नुभएको हो ।