३० जेठ २०८३, शनिबार

प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ

ब्राउन सुगर

संबाददाता: सम्बादाता

उदयपुर, ९ जेठ ।  उदयपुर प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–८ सेतीखोला क्षेत्रबाट २१ वर्षीय खगेन्द्र मगरलाई नियन्त्रणमा लिएको हो। उनी बेलका नगरपालिका–४ निवासी हुन्।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ः३० बजे शंकास्पद रूपमा हिडडुल गरिरहेका मगरलाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध (ब्राउन सुगर जस्तो देखिने पदार्थ) २ ग्राम फेला परेको थियो।

लागूऔषधसहित पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।