०८ बैशाख २०८३, मंगलबार

उदयपुरमा गए राति आगलागी हुँदा २ जनाको जलेर मृत्यु

६० लाखाभन्दा माथिको क्षति

संबाददाता: सम्बादाता

उदयपुरमा आगलागीमा परी २ जनाको मृत्यु
यमन राईडोने
उदयपुर, ८ बैशाख/ उदयपुरको चौदण्डीगढी नगरपालिका  वडा नं. ७ बेल्टार बजार स्थित रबिन कुमार दास र पदम खड्काको घरमा अचानक आगलागी हुदाँ २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  ७० बर्षिय लक्ष्मीनारायण खड्का र उनका नाति ३० बर्षिय पबन खड्काको मृत्यु भएको हो ।

बेल्टार बजारका  पदम खड्काको घरमा लागलागि भएको थियो । पदमका बुवा र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति साढे ३ बजे अचानक  पदमको घरमा आगलागी भएको थियो ।  पदमको घर सङै जोडिएको  रबिन कुमार दासको काठको घर र किराना पसलको समेत  जलेको च थियो ।

पदमको घर आगलागी हुँदा  ६० लाख बराबरको क्षती भएको छ भने दासको २० लाख बराबराको क्षति भएको प्रारम्भिक क्षती भएको  जनाएको छ ।

६०लाख  खड्काको घर र चौपायामा २ वटा खसी समेत जलेका थिए  । त्यसैगरी मित्र थापामगरको स्टेशनरी पसलको  ६ लाख , होम बहादुर परियारको ट्रेलरको  २ लाख र मैया पौडेलको चटपटे पसल  समेत जलेको प्रहरीले  जनाएको छ।

उक्त घटना सम्बन्धमा जानकारी हुन साथ प्रहरी नायव उपरीक्षक निरन्जन थापाको कमाण्डमा प्रहरी टोली खटि गई सुरक्षाकर्मी, दमकल र स्थानीयको सहयोगमा आगो  बिहान साढे ५ बजे नियन्त्रणमा लिएको थियो ।

मृतक लक्ष्मी नारायण खड्का र पवन खड्काको लास नगर अस्पताल बेल्टारको सव गृहमा राखि घटनाबारे थप अनुसन्धान भईरहेको छ जिल्ला प्रहरी कार्यालय प्रमुख  उपरीक्षक राजन चापागाईले जानकारी  दिनुभयो ।