०७ बैशाख २०८३, सोमबार

उदयपुरको बेल्टार बजारमा धारिलो हतियारले वृद्धको हत्या

७०बर्षिय वृद्धल्र ६४ बर्षिय वृद्धको ज्यान लियो ।

संबाददाता: सम्बादाता

उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका  ७ बेल्टार बजारमा  एक बृद्धले धारिलो हतियार प्रहार गरि छिमेकीको हत्या गरेका हुन  ।

बेल्टार बजारको चौडण्डीगढी  नगरपालिकका कार्यालय जाने रोडस्थितका ७० बर्षीय रामप्रसाद राईले धारिलो हतियार प्रहार गरि उनकै  छिमेकी ६४ बर्षीय महाप्रसाद राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

छिमेकमा आपसि विवादमा रामप्रसादले महाप्रसादलाई छुरी प्रहार गरेका थिए ।  छातिको दाहिना पट्टी धारिलो हतियार   प्रहार गरिएका महाप्रसादलाई उपचारका लागि नगर अस्पताल लगिएकोमा चिकित्सकले उनलाई उपचार पुर्ब नै  मृत घोषण गरेको प्रहरीले जनाएको छ । 

घटनाको थप विवरण आउन बार्की रहेको छ । धारिलो हतियार प्रहार गरिएका छिमेकी हत्या गर्ने रामप्रसादलाई प्रहरीले नियन्त्रणमा लिईएको इलका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

घटना आज आईतबार बेलुका भएको प्रहरीले जनाएको छ ।  घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले  जनाएको छ ।