संबाददाता: सम्बादाता
गाईघाट,१३ माघ । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ को नेपाली कम्युनिस्ट पार्टी (नेकपा ) लाई विजय गराउन क्षेत्रीय चुनाब प्रचारप्रसार सम्पर्क कार्यालय आज (मंगलबार) गाईघाटमा उद्घाटन सम्पन्न भएको छ ।
सम्पर्क कार्यलय उद्घाटन कार्यक्रममा बोल्दै बलदेब चौधरीले भने ” देशले नेपाली कम्युनिस्ट पार्टीको बहुमतसहित तारा चिन्ह उदाउने दाबी गरेका छन् , समानुपातिक मत समेत सबै दलभन्दा बढी ल्याउने बताए । जेन्जिको आन्दोलनको मर्म र भाबनाको समर्थनमा नेपाली कम्युनिस्ट पार्टी रहेको छ ।
देश चुनाबी सर्गर्मीले तातेको छ । हाम्रा पार्टीकोको नेता तथा कार्यकर्ता भोटका लागि जनताको घरदैला प्रवेश गरिसकेको समेत उनले बताए ।”
जिल्लामा प्रत्यक्षतर्फबाट १ नम्बर निर्वाचन क्षेत्रमा बलदेब चौधरी र २ नम्बर क्षेत्रमा शुरेश कुमार राई हिमाल उम्मेदवार रहेको छ भने समानुपातिक तर्फबाट बिनोद कटुवाल ,राममणी पोखरेल , मेनुका राई गुरुङ रहेको कार्यालय सचिब यदु प्रसाद ढकालले जानकारी दिए ।