संबाददाता: सम्बादाता
काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि आपसी तालमेल र समर्थनसम्बन्धी सहमति भएको छ।
सहमतिअनुसार पश्चिम रुकुममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा तथा पूर्वी रुकुममा सन्दीप पुनको पक्षमा एमालेले मतदान गर्नेछ।
त्यस्तै, कर्णाली प्रदेशका हुम्ला र जुम्ला तथा पूर्व राप्ती अञ्चलका जिल्लाहरूमा एमाले उम्मेदवारको पक्षमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने निर्णय भएको छ।
दुवै दलले उक्त सहमति प्रभावकारी रूपमा कार्यान्वयन गर्न आ–आफ्ना आन्तरिक पंक्तिलाई तत्काल निर्देशन दिने प्रतिबद्धता पनि जनाएका छन्।
सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फबाट रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन्।