संबाददाता: यमन राईडोने
उदयपुर, ६ माघ ।
आगामी फागुन २१ गते हुने संघीय प्रतिनिधिसभा सदस्यकाे निर्वाचनका लागि उदयपुरकाे निर्वाचन क्षेत्र नं. १ बाट एक स्वतन्त्रिरसहित १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी क्षेत्र नं. २ बाट एक स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिने एक/एक जना रहेका छन् । १ नम्बर क्षेत्रबाट देवराज राेका (कल्याण )र २ नं. बाट मेजरकुमार राईले उम्मदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार चुनाब शान्तिमय र ढुक्क हुने बिश्वासको साथ सबै तयारी हुँदै गएको बताउनुभयो । उहाका अनुसार क्षेत्र नं. १ मा नेकपा एमालेका दुर्गाकुमार थापा र क्षेत्र नं. २ मा अम्बर रायमाझीले उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली काङ्ग्रेसकाे तर्फबाट क्षेत्र नं. १ बाट बिदुर बस्नेत र २ नं. बाट रामकुमार राईले उम्मेदबारी दर्ता गराएका छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट १ नं. क्षेत्रबाट बलदेव चाैधरी र २ नं. बाट सुरेशकुमार राई (हिमाल) ले उम्मेद्वारी दर्ता गराएका हुन् ।
स्वतन्त्र पार्टीबाट क्षेत्र नं. १ बाट पारसमणी गेलाल र २ नं. बाट सुर्यबहादुर तामाङले उम्मेदवारी दर्ता गराए भने राप्रपा क्षेत्र नं. १ बाट सुवासचन्द्र खड्का र २ नम्बर क्षेत्रमा बिष्णुबहादुर खड्का रहेका छन् । जनता समाजबादी पार्टीले १ निर्वाचन क्षेत्रमा गणेशकुमार राई र २ नम्बर क्षेत्रमा केशब बहादुर मगर छन भने श्रम संस्कृती पार्टीबाट क्षेत्र नं. १ मा राजेश राई र २ नं. बाट बलराज राईले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी नेमकिपाका तर्फबाट १ नं. क्षेत्रमा बिष्णुबहादुर खत्री र २ नं. मा पुर्णबहादुर बुढाथाेकी रहेका छन् । अर्का आम जनता पार्टीबाट क्षेत्र नं. १ मा मनाेजकुमार पाैडेल र २ नं. बाट बमबहादुरमगर छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादि)ले १ नं. बाट अमृतबहादुर खत्री र २ नं. बाट दुर्गबहादुर तामाङले मनोनयन दर्ता गरेका हुन् ।
मङ्गाेल नेशनल अर्गनाईजेसनबाट १ नं. मा बद्री बिक्रम राई र २ नं. मा भास्कर राई रहेको छ ।
जनमुक्ति पार्टीबाट १ नम्बर क्षेत्रमा गाेकर्ण राई र नागरिक सर्बाेच्चता पार्टी नेपालबाट प्रशान्तकुमार राई त्यसैगरी संयुक्त नागरिक पार्टीबाट सुरेश राई, नेपाली जनता दलबाट कुशेश्वर चाैधरी, राष्टृय जनमाेर्चाबाट लिलकुमार राई र
उज्यालाे नेपाल पार्टिबाट अर्जुन तामाङले उम्मेदवारी दर्ता गराएका हुन ।
राष्ट्रिय परिबर्तन पार्टीका तर्फबा २ नम्बर निर्वाचन क्षेत्रमा अरुण राईले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिने एक/एक जना रहेका छन् । १ नं. बाट देवराज राेका र २ नं. बाट मेजरकुमार राईले उम्मदवारी दिएका छन् ।