संबाददाता: यमन राईडोने
उदयपुर ,४ माघ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ७ अधेरी स्थित मदन भण्डारी लोकमार्गमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ट्रकका चालक र सहचालक रहेका हुन ।
कटारीबाट गाईघाट तर्फ आउँदै गरेको बागमती प्रदेश ०६-०१ ख ०५०५ नं. ट्रक आँफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल अधेरी खोलामा खसी दुर्घटना भई गम्भीर घाईते भएका चालक र सह-चालकलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएका प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चालक र सह चालक रहेका छ्न । मृतक दुबैजनाको पहिचान खुल्न सकेको छैन र हालसम्म चालक र सहचालकको सनाखत हुन नसकेको हो ।
उक्त घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थाई प्रहरी पोष्ट संगमचोकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजन चापागाईंले जानकारी दिनुभयो ।