संबाददाता: राजु नापित
मातृभाषा पत्रकारितामा याेगदान गरिरहेका नेपालका पत्रकारहरुलाई भारतस्थित नालन्दा विश्वबिद्यालयमा नालन्दा अन्तर्राष्ट्रिय अवार्डले सम्मान गरेकाे छ ।
सार्क जर्नलिस्ट फोरम ईन्टरनेशनल भारत च्याप्टरले बिहारस्थित नालन्दा खुला विश्वविद्यालयमा पूर्व सिक्किम राज्यपाल गंगा प्रसादले एभिन्यूज खबरका राजु नापित, सार्क जर्नलिष्ट फाेरमका अध्यक्ष राजु लामा, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ सहित १२ जना नेपाली पत्रकार सहित बंगलादेश, भारतका पत्रकारहरुलाइ समेत सम्मान गरेकाे थियाे।
आइतवार साेमवार दुईदिन सम्म चलेकाे अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनकाे क्रममा पत्रकारिता एवं मानवअधिकार एक वैश्विक चुनाैती बिषयमा बृहत् छलफल भएकाे थियाे ।
सार्क राष्ट्रका करिव दुई सयजना पत्रकार सहभागी सम्मेलनमा अन्तर्राष्ट्रिय सहभागिता, मातृभाषा, संस्कृति र पत्रकारिताको सुदृढीकरणमा केन्द्रित सम्मेलनले नेपाल–भारतसहित विभिन्न देशबीच आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा. सरिता बुद्धू, नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, तथा थाइल्याण्डका प्रतिनिधि डा.पी. सी. चन्द्रा लगायत विदेशबाट करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता रहेको थियो।
दोस्रो दिन सहभागीहरूलाई नालन्दा विश्वविद्यालयका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन तथा भ्रमण गराइएको थियो। यस क्रममा नालन्दाको ऐतिहासिक महत्त्व, शैक्षिक परम्परा र प्राचीन वैभवबारे जानकारी गराइएको थियो।कार्यक्रमबारे जानकारी दिँदै सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारले यो सम्मेलन बिहारमा आयोजना भएको चौथो अन्तर्राष्ट्रिय सम्मेलन भएको बताए। यसअघि विगत तीन वर्षभित्र वैशालीमा तीनवटा अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सफलतापूर्वक सम्पन्न भइसकेका छन्।