२० माघ २०८२, सोमबार

धारिलो छुरा प्रहारबाट श्रीमतीको हत्या , श्रीमानद्वारा आत्महत्याको प्रयास

श्रीमानको खगेन्द्रकोउपचार हुदै

संबाददाता: यमन राईडोने

यमन राईडोने
उदयपुर,२० पौष । बेलका नगरपालिका वडा नं. ३ किरात चोकका ३० को खगेन्द्र राईले आफ्नी २७ बर्षिया श्रीमती गगा राई(भाबना)की छुरा प्रहार गरि हत्या गरेको हो । छुरा प्रहारबाट गम्भीर घाईते भएकी भावना आज बिहान साढे नौ बजे उपचारको क्रममा वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने खगेन्द्रले आफ्नो शरीरमा समेत छुरा प्रहार गरी आत्महत्याको प्रयास गरेकोमा स्थानीयले भरत घिमिरेले जानकारी दिनुभयो । उनलाई तत्काल उपचारको लागि सोही अस्पताल लगिएको थियो । उनको उपचार प्रहरीको प्रत्यक्ष निगरानीमा भइरहेको जिल्ला प्रहरी कार्यालयको प्रमुख उपरीक्षक राजन चापागाईंले बताउनु भयो ।

उक्त घटनामा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली खटिई गई थप अनुसन्धान भइरहेको समेत जानकारी दिनुभयो ।