०४ मंसिर २०८२, बुधबार

सुगमटोलको मुलबाटो दुर्गम, कुयलखोलाबासी मदन भण्डारी राजमार्गबाट सफारी चडेर जान नसक्ने

सुगमटोलको मुलबाटो दुर्गम, कुयलखोलाबासी मदन भण्डारी राजमार्गबाट बाटो बर्षाको पानीले बगाउदा श्रमदान उत्रिए

संबाददाता: यमन राईडोने

औलोबिजय राईडोने
उदयपुर ,४ असोज । त्रियुगा नगरपालिका १० स्थित सुगम टोल बिकास र कुयलखोला टोल बिकासको स्थानीयबासीहरुले मदन भण्डारी राजमार्गमा जोडिएको १ किलो मिटरको कच्ची धुलेबाटो गत बर्षाको पानीले बगारेसङै श्रमदानमा  जुटेरका छ्न । सडक बिगारेसङै सफारी अटो र मोटर साईकलसमेत  कुद्ने नसक्ने भएको छ ।

नालिमा  बर्षातको पानीले नाला पुरे यता पानी सडकमै बगेर सडक खण्डहर बनेको हो । खण्डहर सडकमा सफारी अटो रिक्सा चल्न नसकेपछी  राजमार्गबाट टोलाबासी हिडेर जान बाध्यकारी बनेका छन ।

सुगम टोल बिकास र कुयलखोला टोलबिकास सस्थाका आवद्ध रहेका स्थानीयहरुले ११ औं संविधान दिवसको अबसर पारेर आफ्नो गाउँ आफै बनाउ भन्दै स्थानीयहरु धुले बाटो बनाउन अग्रसर रहेको स्थानिय तुलबहादुर राईले बताउनुभयो ।

 


शुक्रबार र सनिवार बिहान ११ बजेसम्म काम गरि खण्डहर बनेको सडकमा माटो पुरेका थिए । त्यसैगरी नाला सफा गरेका थिए । सडक वरपरका झाडिसमेत सरसफाइ गरेका अर्का स्थानिय कल्पना परियारले बताउनुभयो ।
दुईदिनसम्म श्रमदानमा खटिएका आदिबासी जनजाति पत्रकार महासघ फोनिजको सघिय उपाध्यक्षले भन्नुभयो ” टोलबिकासको स्थानीयहरुको सकृयतामा अटो र सफारी नचल्ने बाटोमा संविधान दिवसको अबसर पारेर श्रमदानले बाटो असहज सुचारु भएकोमा खुशी ब्यक्त गर्नुभयो । त्यसैगरी भोलि आईतवार नगरपालिकाको जेसिबीले केही बिगृएको बाटो सम्याईदिने र ग्राबेल समेत गर्ने आशवाशन दिएकी कल्पना परिवारले टोल बिकास समितिलाई जानकारी दिनुभएकी छ ।

श्रमदानमा खटिएका श्रमदातालाई स्थानियहरुले पानी र चिसो पेयपदार्थ समेत खुवाउनु भएको थियो । कुटो ,कोदलो साबेलले हुनेकामा स्थानीयबासी आफैले काम गरेका छ्न भने मेसिनले हुने काम स्थानीयले ५ सय ,३ सय र २ सय रुपैया उठाएर जम्मा गरि राखेको फोनिज उपाध्यक्ष यमन राईडोनेले बताउनुभयो ।
टोलबासिको अग्रतामा बिग्रेको बाटो नजिकिदै गरेको दशैतिहारका लागि सहजता हुने समेत उनिहरुका दाबी रहेका छन । १ किलो मिटर बाटो सदरमुकाम गाईघाटमा पुर्ण ग्राबेल हुन नसक्नु भनेको दुखद कुरा हो । यसपाली प्रादेशिक सरकारको बजेट १० लाख बिनियोजित भएकोमा उहाँहरुको खुशी बेग्लै रहेको अर्का स्थानीय श्रमदाता कुमार मोतेले बताउनुभयो ।


सुगम टोल र कुयलखोला टोलका स्थानियहरु बत्ती मुनिको अँध्यारो भने झै धुलेबाटोमा हिड्न बाध्यता रहेको छ । मदन भण्डारी राजमार्गमा जोडिएको सुगमटोल र कुयलखोला टोल बिकासम बासको झ्याङले छेकिए जस्तो बिकासको नजरबाट ओझेलमा परेको टोलबासीहरुका भनाई रहेको छ ।

वडा कार्यालय र नगरपालिकाले देख्दै नदेखेको सडक्बाटो हो यो भन्दै जेन्जी समुहको श्रमदाताले बताए । हामी पनि धुले र ग्राबेल बाटोमा हिड्ने मात्र होईन कालोपत्रे बाटोमा हिड्ने अधिकार रहेको उनको दाबी छ । बस्तिनै पिच्छे पिच बनेको हाम्रोमा भने जहिल्यै श्रमदानबाट दशैतिहारमा बाटो बनाउनु पर्ने हुन्छ ।यो नगरपालिका र वडाको खिसिटिउरिपन भएको बताउनुभयो ।

स्थानीय जनप्रतिनिधिहरु बोल्ने मात्र गर्छन ।तर सडक कहिले बनाउने बजेट दिदैनन । राजमार्गबाट गाउँ प्रबेश गर्ने छोटोबाटो परेकोले पनि कसैको ध्यान नपुगेको स्थानीयबासी तुलबहादुरले बताउनुभयो ।